लायन्सको चुनावी अभियानमा महेन्द्र र मणिश्री

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आठौं महाधिवेशन आगामी वैशाख १२ र १३ गते काठमाडौंमा हुँदैछ । महाधिवेशन मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ ।

लायन वर्ष २०२०/२१ का लागि सेकेण्ड भाइस गभर्नरमा २ जनाको उम्मेदवारी परेको छ । डिष्ट्रिक्ट चिफ एडभाइजर महेन्द्र पौडेल र सिनियर एओजी मणिश्री रत्न बज्राचार्यले सेकेण्ड भाइस गभर्नरका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

महेन्द्र र मणिश्रीको उम्मेदवारी दर्तासँगै डिष्ट्रिक्ट दुई धारमा विभाजित भएको छ । लायन्सका माथिल्लो तहका लिडरहरुदेखि क्लब तहसम्मका पदाधिकारीहरुसम्म दुई धारमा विभाजित भएर आआफ्नो पक्षको उम्मेदवारलाई जिताउन सक्रिय बनेका छन् । दुवै उम्मेदवारले आफूले चुनाव जित्ने दावी गरेका छन् ।

jutta mela

यसैबीच, वर्तमान फस्ट भाइस गभर्नर मनबहादुर रोकाले गभर्नरमा र सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्यले फस्ट भाइस गभर्नरमा मनोनयन गर्दा गरिसकेका छन् । उनीहरु दुवैले ‘यस भोट’ लिनुपर्नेछ ।

You might also like

Comments are closed.