लायन्सको दोस्रो क्याबिनेट मिटिङ पोखरामा, सचिवालय उदघा्टन

पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याबिनेट मिटिङ कात्तिक २९ र ३० गते पर्यटकीय नगरी पोखरामा हुने भएको छ । २९ गते क्याबिनेट पदाधिकारीहरुको बैठक एस.आर.केसी. ब्याङक्युट माटेपानीमा र ३० गते सम्पूर्ण लायन्स सदस्य सम्मिलित बैठक प्रदर्शनी केन्द्र नयाँबजारमा हुने संयोजक ऋषि गिरीले जानकारी दिए ।

क्याबिनेट मिटिङको तयारीलाई तिब्र बनाइएको गिरीले जानकारी दिए । पर्यटकीय नगरी पोखरामा क्याबिनेट मिटिङ आयोजना भएकाले उल्लेख्य संख्यामा लायन सदस्यहरुको उपस्थिति रहने विश्वास गरिएको एडिसनल क्याबिनेट सेक्रेटरी मोहन सुवेदीले बताए । ‘पोखरामा राम्रो व्यवस्थापनसहित क्याबिनेट मिटिङ सञ्चालन गर्दैछौं,’ उनले भने, ‘करिब ४ हजार भन्दा बढी लायन्स सदस्यलाई स्वागत गर्ने गरी तयारीमा होमिएका छौं ।’

jutta mela

लायन्स क्लब अफ पोखरा हेल्पफुल हेण्ड्स र लायन्स क्लब अफ पोखरा डल्फिनले व्यवस्थापनमा क्याबिनेट मिटिङ हुँदैछ । पोखरामा आयोजना हुने क्याबिनेट मिटिङले पोखराको पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले बताए । ‘भिजिट वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजित यो क्याबिनेट मिटिङ पोखराका लागि गौरवको कुरा हो,’ उनले भने ।

सचिवालय उदघा्टन

दोस्रो क्याबिनेट मिटिङको तयारीका लागि सचिवालय स्थापना गरिएको छ । अर्चलबोटस्थित उत्तम आयल स्टोर्ससँगै स्थापना गरिएको सचिवालयको शुक्रबार उद्घाटन गरिएको छ । पास्ट मल्टिपल काउन्सिल चियरपर्सन तथा लायन्स एरिया लिडर बालकृष्ण बुर्लाकोटी र डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले सचिवालयको उद्घाटन गरेका हुन् ।

रजिस्टेसनको सहजताका लागि सचिवालय स्थापना गरिएको संयोजक गिरीले जानकारी दिए । कात्तिक २५ गतेसम्मका लागि अग्रिम रजिस्टेसन खुल्ला गरिएको गिरीले बताए । ‘रजिस्टेसनको आधारमा विभिन्न उपहारको व्यवस्था गरिएको छ,’ उनले भने ।

You might also like

Comments are closed.