लायन्स क्लब अफ पोखरा डल्फिनमा लायन बर्ष २०१९/०२० को नयाँ नेतृत्व चयन

पोखरा, ७ चैत

लायन्स क्लब अफ पोखरा डल्फिनले डाँसिराम सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । बिगतका बर्षहरुदेखी नै क्लबले स्थापनाको छोटो अवधिमा पनि अति उत्कृष्ट सामाजिक कार्यहरु गर्दै लायन्स क्लबस अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ बि १ मा आफुलाई अब्बल दर्जामा पुर्याई सकेको छ । यसैगरी यसबर्ष पनि नवनियुक्त अध्यक्षले क्लबलाई अझ उचाईमा पुर्याउने प्रतिवद्धता ब्यक्त गरेको निर्वाचन कमिटीका संयोजक ऋषि गिरीले जानकारी दिए ।

बर्तमान अध्यक्ष उमेश चन्द्र देबकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष , पुर्व अध्यक्ष , निवर्तमान अध्यक्ष लगाएतको उपस्थिती थियो । क्लवको प्रथम उपाध्यक्ष कृष्ण कुमार श्रेष्ठ , द्वितीय उपाध्यक्ष पदमलाल श्रेष्ठ , तृतिय उपाध्यक्ष शंकर ओझा , सचिव सन्त बहादुर लामिछाने , कोषाध्यक्ष सुरेन्द्र बराल , सहसचिव विष्णु प्रसाद सुवेदी , सह कोषाध्यक्ष अर्जुन कुमार लामिछाने, मेम्बरशिप चेयरपर्शन बिष्णु बहादुर खत्री , एजुकेशन डाइरेक्टर गोविन्द बहादुर खड्का , हेल्थ डाइरेक्टर विरेन्द्र सिके , पि.आर.ओ. विनोद थापा टेल ट्विस्टर शेर बहादुर राना टेमर रविन कुमार बिश्वकर्मा , मार्केटिङ डाइरेक्टर चित्र बहादुर बिक रहेका छन् ।

You might also like

Comments are closed.