लायन्स हुमानिटीद्वारा सेतो छडी वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा हुमानिटीले सेतो छडी वितरण गरेको छ । लायन वर्ष २०१९÷२० को पहिलो कार्यक्रम अन्तर्गत नेत्रहीन संघ कास्कीमा आयोजित एक कार्यक्रमका बीच बिहीबार सेतो छडी वितरण गरिएको हो । उक्त अवसरमा २० थान सेतो छडी वितरण गरिएको क्लबका अध्यक्ष अनिल सुवेदीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि क्लस्टर प्रमुख प्रशान्तराज धमालाले क्लबले गरेको कार्यक्रम राम्रो रहेकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा नेत्रहीन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदी, आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछाने, जोन चियरपर्सन अमृतप्रसाद तिवारी, एडिसनल क्याबिनेट सेक्रेटरी मोहन सुवेदी, लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्डसका अध्यक्ष तेज अधिकारी, क्लबका एक्टेन्सन चियरपर्सन दामोदर डुम्रे लगायतले बोलेका थिए ।

क्लबका अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष नवराज काफ्लेले र ध्वजाको अभिवादन सहसचिव असिम पाण्डेले राखेका थिए । कार्यक्रम सञ्चालन सचिव झबिलाल डुम्रेले गरेका थिए ।

You might also like

Comments are closed.