लेउवासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पोउवा संघद्वारा स्वागत

आर्थिक आवाज
पोखरा, २५ भदौ । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिलाई बुधबार स्वागत र सम्मान गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघको हालै सम्पन्न महाधिवेनबाट बलराम ढकालको नेतृत्वमा सर्वसम्मत चुनिएका पदाधिकारी तथा सदस्यहरुलाई सम्मानगर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले पछिल्लो समय व्यवसाय गर्दा लागत बढेकोले उद्योगी÷व्यवसायीहरुले व्यवसायबाटै हात धुने अवस्था आएको बताए । उनले सरकारले लगाएका करहरु र अव्यवहारिक नीतिका कारण प्रताडनामा परेको व्यवसायीहरुले एकतावद्ध भएर आफ्ना आवाजहरु बुलन्द पार्नुपर्नेमा जोड दिए । ‘अहिले निजी क्षेत्रलाई नियन्त्रण गर्ने कानूनहरु बन्दैछन्, १० लाखभन्दा बढी कारोवार गर्नेहरुले आफ्नो सबै गोप्य कुरा सरकारलाई बुझाउने अवस्था आएको छ’, उनले भने,‘ निजी क्षेत्रले यी र यस्ता अव्यवहारिक नीतिको विरुद्धमा आवाज उठाउनुपर्छ ।’

पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष दामु अधिकारीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै सर्वसम्मत नेतृत्व चयनको परिपाटीलाई अरु उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघले पनि पछ्याउनु पर्नेमा जोड दिए । एउटै जिल्ला र महानगरभित्र रहेका पोखरा र लेखनाथ उद्योग वाणिज्य संघले निजी क्षेत्रका भावनाहरुलाई समेटेर सहकार्य गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल उद्योग वाणिज्य महासंघका गतिबिधि प्रभावकारी नबन्दा उद्योग वाणिज्य संघको नाम जोडेर अन्य केही व्यक्तिहरु सल्बलाउने अवस्था आएको बताए । उनले कमजोर देखिएको महासंघमा गण्डकी प्रदेशको नेतृत्व पु¥याउन दुबै उद्योग वाणिज्य संघले आवश्यक पहल गर्नुपर्ने बताए ।

jutta mela

कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष बलराम ढकालले लेखनाथ उद्योग वाणिज्य संघको स्थापनामा पोखरा उद्योग वाणिज्य संघले खेलेको भूमिकाको स्मरण गर्दै सहकार्य र एकतामा जोड दिए । चुनावमा उठ्ने अनि पराजय भोगेपछि पाएको मतको समेत अनादर गर्दै निजी क्षेत्रको नाममा अर्को संस्था खोल्ने प्रवृत्तिविरुद्ध दुबै उद्योग वाणिज्य संघले मिलेर काम गर्नुपर्ने उनको धारणा थियो । उनले नेपाल उद्योग वाणिज्य महासंघलाई बलियो बनाउनेतर्फ पनि सबै उद्योग वाणिज्य संघहरु लाग्नुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले राज्यले निजी क्षेत्रलाई प्रहार गरिरहेको अवस्थामा निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले निजी क्षेत्रलाई कमजोर बनाउने गतिबिधिहरुका कारण लगानीको वातावरण नबनेको बताउँदै निजी क्षेत्रको हितको लागि पोखरा र लेखनाथ एउटै ठाउँमा उभिएको बताए । कार्यक्रममा पोखरा र लेखनाथका पूर्वअध्यक्षहरु, पदाधिकारी र कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.