लेखनाथ उद्योग बाणिज्य संघमा सहकारी सम्वन्धी प्रशिक्षण

लेखनाथ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावका वारेमा ब्यवसायीहरुका वीच छलफल चलाइरहेको लेखनाथ उद्योग बाणिज्य संघले बुधवार सहकारी सम्वन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

लेखनाथ उद्योग वाणिज्य संघ अन्तर्गत गठित सहकारी तथा वित्तीय संघ संस्था समन्वय उपसमिती संयोजक इन्द्र वहादुर थापाको अध्यक्षतामा लेखनाथ उद्योग वाणिज्य संघसंग आवद्ध रहेका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापकहरुका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

jutta mela

नेफस्कून क्षेत्रीय कार्यालय पोखराका बरिष्ठ अधिकृत भरत न्यौपाने र नेफस्कून क्षेत्रीय कार्यालय पोखराका अनूगमन अधिकृत पवन मल्लले सहजीकरण गर्दै कोरना भाईरसका कारण आम उद्योग ब्यवसायीहरु मारमा परेका भन्दै आर्थिक अभावका कारण दिन प्रतिदिन जीवन कष्टपुर्ण हुदै आएको वताए ।

पोखरा महानगरपालिकाका सहकारी विज्ञ भिम गुरुङ लगायतले एउटै उद्देश्य र एउटै भुगोल भएका सहकारीहरु एकिकरणमा जानु राम्रो भएको बताउँदै सहकारी आफैले उत्पादनको क्षेत्रमा लगानी गरेर सेयर सदस्यलाई आय आर्जनमा लगाउन सकिनेमा जोड दिए । सहकारीले परिमार्जित समय अनुसार आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने कुरामा वक्ताहरुको जोड दिए ।

संघका महासचिव गोपिचन्द्र बास्तोलाले संचालन गरेको उक्त कार्यक्रममा कोेषाध्यक्ष जानुका अधिकारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

You might also like

Comments are closed.