लेखनाथ उवासंघको वार्षिकोत्सव, निजी क्षेत्रको सहभागिता विना विकास सम्भव हुँदैनः राणा

आर्थिक आवाज
लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले शुक्रबार विविध कार्यक्रमका साथ आफ्नो २३औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह मनाएको छ । वार्षिकोत्सव समारोहको उद्घाटनका अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रको सहभागिता विना विकास सम्भव नहुने बताउँदै देशमा राजनितीक लडाईका विषयको समाप्ती भएकाले अव आर्थिक समृद्धिका विषयमा केन्द्रत भएर देश विकास गर्नु पर्ने सुझाव राखेकी हुन् ।

नेपालको आर्थिक बृद्धि पर्यटन, कृषि र हाइडोबाट सम्भव भएको प्रशंग उठाउदै अध्यक्ष राणाले सरकारले विदेशी उद्योग कलकारखानाहरुलाई नेपालमा भित्र्याउनका लागि पहिला स्वदेशमा नै भएका उद्योगहलाई बलियो र उत्पादन मुखि बनाउन सके विदेशी लगानीका कलकारखाना नेपालमा आउन सक्ने तर्क दिदै सरकारको तर्फबाट स्पष्ट निती आउनु पर्नेमा जोड दिएकी थिइन् ।

सोही अवसरमा नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लेखनाथ उद्योग वाणिज्य संघले सम्मान गरेको छ । निर्देशक घिसिङले लोडसेडिङको अन्त्येसँगै देशमा सकारात्मक सोचको अध्याय सुरु भएकाले विद्युतको क्षेत्रमा केही मात्रमा सुधार आउदा नौ अर्व घाटामा रहेको सस्थालाई नौ महिनामा तीन अर्व नाफामा पु¥याएको र अव छिटै प्रति वर्ष पाँच अर्व नाफामा पु¥याउने लक्ष्य राखेको बताएका थिए । लोडसेडिङको अन्त्य सवैको साथ सहयोगबाट मात्र सम्भव भएको र विद्युत प्राविधिकरणमा देखिएका विभिन्न समस्याको सुधार, असमान वितरण प्राणाली र चुहावटको रोकथामबाट सम्भव भएको उनले बताए ।

jutta mela

कार्यक्रममा पूर्व कानुन मन्त्री यज्ञबहादुर थापाले उत्पादनको बृद्धि नगरी गरीबी हटाउन नसकिने तर्क राखेका थिए भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले नेपालको विकासका लागि अन्य १० जना कुलमान जिन्मनु पर्ने सुझाव राखेको थिए ।

उक्त अवसरमा पूर्व अध्यक्ष स्वं नारायणप्रसाद श्रेष्ठद्वारा स्थापित अक्षयकोषबाट सरस्वती टिका मा.वि.की कक्षा ८ मा अध्ययनरत जेहेन्दार तथा अपाङग छात्रा विविका बोहोरालाई छात्रबृद्धि प्रदान गरिएको थियो भने आमन्त्रित सदस्य कृष्णप्रसाद ढुङ्गानाले राखेको वातावरण तथा सरसफाई क्षेत्रमा कार्यगर्ने उत्कृष्ट संस्थाको रुपमा राईजिङ स्टार युथ क्लबले पुरस्कार तथा सम्मान प्राप्त गरेको थियो ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संघको स्थापना कालदेखि बर्तमान अवस्थासम्मका गतिबिधी र उद्योग ब्यवसायीले भोग्नु परेका समस्यका बारेमा जानकारी गराए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्र वहादुर बुढाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रम संचालन महासचिव भरतकुमार अधिकारले गरेका थिए ।

यसैबीच स्थापन दिवसको अवसर पारेर संघले कार्यसमिति, सल्लहकार, पूर्व अध्यक्ष तथा विभिन्न उप समितिका विच समिक्षा, आगामी दिनमा अगाल्नु पर्ने कार्यनितिका बारेमा छलफल र संघ नेपाल उद्योग वाणिज्य संघको मुल्याङकनमा क वर्गमा उत्कृष्ट भएकोमा संघमा दिप प्रज्ज्वलन कार्यक्रम पनि गरिएको थियो ।

You might also like

Comments are closed.