आर्थिक आवाज
लेखनाथ, १२ माघ । लेखनाथ महोत्सव २०७५ को समिक्ष तथा तथा मायाको चिनो वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले महोत्सवको समिक्षा आयोजना गरेको हो ।
पुस ५ देखि १६ गतेसम्म महोत्सव भएको थियो । महोत्सव अपेक्षा भन्दा राम्रोसँग सम्पन्न भएको बोल्ने वक्ताहरुले बताए । आगामी दिनमा अझै व्यवस्थित गरेर महोत्सव सञ्चालन गर्न उनीहरुको सुझाव छ ।
समिक्षा कार्यक्रममा व्यवसायीले महोत्सवमा भएका गतिविधि सकारात्मक र नकारात्मक पक्षको खुलेर आ–आफ्नो धारणा राखेका थिए । लेखनाथमा रहेका विभिन्न जनजातिको झाँकी ¥याली र आफनो संस्कृतिको पहिचान झल्काउने झाँकीलाई अझ व्यवस्थित गर्नुपर्ने, पर्यटन प्रवद्र्धनको विकासको लागि महोत्सवको माध्यमबाट कृषि प्रविधि सूचना मैन्त्री बनाउनु पर्ने र लेखनाथलाई कृषि अर्गानिक क्षेत्र बनाउन सबै व्यवसायी लाग्नुपर्ने र आगामी १६औं सस्करणको लेखनाथ महोत्सवलाई अझ व्यापक, सव्य र भव्य रुपमा मनाउन अझ व्यापक रुपमा लाग्नुपर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णहरि भण्डारी, निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बाबुराम गिरी, सुमन भट्टराई वरिष्ठ उपाध्यक्ष बलराम ढकाल, महासचिव भरतकुमार अधिकारी लगायतले बोलेका थिए । सुझावलाई उद्योग वाणिज्य संघले सकारात्मक रुपमा लिएको उनीहरुले बताए ।
महोत्सवमा विभिन्न कार्यसम्पादन समिति, निर्देशक समिति र सल्लाहकार समितिमा रहेर कार्य गर्नेहरुलाई संघका अध्यक्ष कृष्णहरि भण्डारीले कदर पत्र दिएर सम्मान गरेका थिए । उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण सम्वद्र्धन गर्दै यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उद्देश्यले संघ स्थापना भएको हो ।
Comments are closed.