लेखनाथ महोत्सवमा झाँकी ¥याली निकालिने

आर्थिक आवाज
लेखनाथ । लेखनाथ महोत्सवको उद्घाटनका दिन विभिन्न जात जातिको मौलिक संस्कृति झल्कने गरी झाँकी ¥याली निकालिने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवको उद्घाटन पुस ३ गते हुँदैछ ।

महोत्सवमा आउने दर्शकहरुलाई थप मनोरञ्जन दिन र जातीय मौलिक संस्कृति झल्काउन झाँकी ¥याली निकालिने तयारी भएको संघका महसाचिव गोेपिचन्द्र बास्तोलाले जानकारी दिए । ‘उद्घाटनको दिनसहित अन्य दिनमा पनि विभिन्न जात जातिको प्रस्तुति रहनेछ,’ उनले भने ।

झाकी ¥याली व्यवस्थापन उपसमितिका संयोजक बुद्धिमाया थापा मगरको अध्यक्षतामा झाँकी ¥याली तयारीका लागि बैठक बसेको थियो । बैठकमा संघका अध्यक्ष बलराम ढकाल, संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, महासचिव गोपिचन्द्र बास्तोला लगायतले महोत्सवलाई सफल पार्न सबैले आआफनो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्ने आग्रह गरेका थिए ।

You might also like

Comments are closed.