वर्षाका कारण चार जलविद्युत आयोजनाको उत्पादन बन्द

काठमडौं । शुक्रबारदेखिको अविरल वर्षाले देशभरका विभिन्न विद्युत उत्पादन केन्द्र, वितरण लाइन र प्रसारण लाइन क्षतिग्रस्त भएका छन् ।

प्रारम्भिक तथ्यांक अनुसार बाढी पहिरोका कारण करिब ६० मेगावाट बराबरका चार जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । त्यस्तैगरि, ६ सवस्टेसन र ५ प्रसारणलाइनमा समेत क्षति पुगेको समाचार आजको कारोबार दैनिकमा छ ।

You might also like

Comments are closed.