विकासका लागि सूचना प्रविधि

रुक्मागत भण्डारी(विश्वास)
उपाध्यक्ष, क्यान महासंघ कास्की

आज मे २ अर्थात सूचना तथा प्रविधि दिवस धेरैलाई थाहा हुन सक्छ वा नहुन पनि यो दिवस बारे तर बुझेर होस वा नबुझेर आम आधुनिक जीवनको मानिस यो क्षेत्रबाट टाढा रहन सक्ने अवस्था भने छैन । आज सुचना र प्रविधिको मानिसको एक अभिन्न अंगको रुपमा विकास भइसकेको र चाहेर पनि यो क्ष्ोत्र भन्दा टाढा रहन नसकिने अवस्था सृजना भएको छ ।

वर्तमान युग सुचना र प्रविधिको युग हो, आज संसार डिजीटलाइज भइरहेको अवस्थामा, सुचना र प्रविधिको विकास विना देसको उन्नती र प्रगतीको परिकल्पना गर्नु कोरा कल्पना मात्र हुने प्रमाणित भइसकेको छ । हिजोको दिन सम्म क्ष्ऋत् क्षेत्रसँग सम्बन्धित व्यावसायीहरुले मात्र मान्दै आएका सुचना प्रविधि दिवस ९क्ष्ऋत् म्बथ० मे –२ लाई हाल आएर नेपाल सरकारले नै यस दिनलाई सुचना र प्रविधि दिवसका रुपमा मनाउने निर्णय गरे सँगै कम्प्युटर एसोसिएसन नेपाल महासंघ र यसका जिल्ला शाखाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् । विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन । मोफसमा उत्कृष्ट जिल्लाको रुपमा परिचित क्यान महासंघ कास्कीले पनि आजै प्रभातफेरी कार्यक्रम लगायत अन्र्तक्रिया कार्यक्रम वेभ डेभलपमेन्ट वर्कसप कार्यक्रमको आयोजना गरी यो उत्सव भव्य रुपमा मनाउन सम्पुर्ण तयारी पुरा भएको छ ।

नेपालको सन्र्दभमा कुरा गर्नुपर्दा सूचना र प्रविधिको विकास दैडने गतिमा भएको छ भन्दा अनर्थ नहोला किनकी एक तथ्याँकको आधारमा भन्ने हो भने नेपालको हाल भएको जनसंख्याको हाराहरीमा मोवाइलका सिमकार्डहरुको विक्री भएको छ । आज शहरी र विकसित ठाँउहरुका मानिसहरु मात्र होइन ग्रामिण र दुरदराजमा बस्ने महिला होस बूढाबूढीहरु समेत बारीमा कोदो रोप्दै गर्दा होस् वा चुलो चौकोमा काम गदै गर्दा होस् वा घाँस काट्न जाँदै गर्दा देश विदेसमा रहनु भएका आप्mना आफन्त जनहरुसंग क्षणभरमा मनका भावनाहरु साटिरहेका हुन्छन् । हिजो घण्टौं लगाएर चिठी तयार गर्ने हातहरु आज मोवाइलका एप्सका साथै फेसबुक तथा टियुटरका पेजहरमा खेलिरहेका हुन्छन । सूचना तथा प्रविधिको विकासले सानालाई मात्र होइन ठुला साप, वडासाप,राजनैतिक हस्ती र सम्पुर्ण बस्तीहरु समेत राम्ररी जरा गाडेको छ । प्रधानमन्त्री देखि लिएर मन्त्री सम्म सुकुम्बासी देखि लिएर हुकुमवासी, जोगि देखि योगी सम्म सबैका अभिव्यक्तिहरु आज फेसबुक र ट्विटरका पेजहरुबाट पोखिने गरेका छन । सायद यो दूइ दशकमा सुचना तथा प्रविधिको विकासमा भएको फड्को जत्तिकै अन्य क्षेत्रको पनि भइदिएको भए आज हामी पनि विकसित देशका जनता हुन्थ्यौँ कि ? सुचना तथा प्रविधिको क्षेत्र व्यापक रुपले बढ्दै गएको कुरा हामी सबैलाई सर्वविधित नै भएको कुरा हो, आज सुचना प्रविधिको विकास कुन कुन क्षेत्रमा प्रयोग भएको छ भनेर औला बाँच्नु भन्दा यस क्षेत्रको प्रया्ेग कुन कुन क्षेत्रमा भएको छैन भनेर औँला भाच्न छिटो होला कि ? आधुनिक मानिसको रहर भनौ वा समयको माग आजको युवपुस्ता यस क्षेत्रमा यति आर्कषित भएको छ कि छाक छाड्न बरु तयार होलान् तर फेसबुक वा ट्विटरका पेजबाट बाहिर निस्कन मान्दैनन् ।

हरेक राम्रा कुराको पछाडी नराम्रा कुराहरु लुकिरहेका हुन्छन,सुचना तथा प्राविधिको विकासले हाम्रो समाजमा ल्याएका नराम्रा प्रभाव र विकृतिबारे पनि केही चर्चा गर्नुपर्ने देखिन्छ । आज फेसबुक टिउटर वा अन्य कुनै लेख वा वेवसाइतका पेजहरुका स्टाटस पढ्दा लाग्छ ,यो सामाजिक सञ्जालमा कमेन्ट बक्सहरु नराखिएको भए राम्रो हुन्थ्यो । कि ? जहाँसम्म गाली गलौज, आरोप प्रत्यारोप अपशब्द, धम्की आदि आदि ……..के यस्ता कमेन्ट बक्समा जसलाई जे मन लाग्यो त्यही शब्द प्रयोग गर्न मिल्छ ?छ यसको नियमन कसले गर्ने ? सुचना र प्रविधिले सबैभन्दा नजिक बाट छोएको युवा वर्ग तर विभिन्न वेबसाइटमा राखिएका नग्न तस्वीर र सजिलै सँग युटुबमा हेर्न वा डाउनलोड गर्न मिल्ने अश्लिल भिडियोले युवा जमातमा ठुलो विकृतीसिर्जना गरेको छ । कसैलाई यसको लतले सामाजिक यौन अपराध दिनप्रतिदिन बढदै गइरहेको छ । तर्सथ अभिभावकले आ– आफ्ना छोराछोरीहरुले चलाउने इन्टरनेटका पेजबारे ध्यान दिनु पर्ने देखिन्छ र उनिहरुले प्रयोग गरिरहेको साइटको हिष्ट्रीबारे जानकारी लिन आवश्यक हुन्छ ।

आजको सन्दर्भमा सुचना प्रविधिको विकास नै समग्र आर्थिक विकासको सुचकको रुपमा लिन सकिन्छ । जुन देशमा सुचना तथा प्रविधिले फड्को मार्न सकेको छ । त्यही देशको समग्र आर्थिक विकास भएको छ । प्रविाधिले विकासलई जोड्न सकिएको खण्डमा समृद्धि हामीबाट टाढा छैन ।

You might also like

Comments are closed.