‘विज्ञान र प्रविधिको बाटोबाट मात्रै समृद्धि सम्भव’

पोखरा, १५ फागुन । क्यान महासंघ कास्कीद्वारा आयोजित क्यान इन्फोटेक सम्पन्न भएको छ । इन्फोटेकको समापनका अवसरमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सूचना तथा प्रविधिको विकासका क्षेत्रमा क्यानको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘अहिलेको युग विज्ञान तथा सूचना तथा प्रविधिको युग हो,’ उनले भने, ‘विज्ञान र प्रविधिको बाटोबाट मात्रै समृद्धि हासिल गर्न सकिन्छ ।’ सूचना तथा प्रविधिका क्षेत्रमा सर्वसाधरणको पहुच हुनुपर्ने मन्त्री चुमानले बताए ।

सूचना तथा प्रविधि क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । नयाँनयाँ अनुसन्धानमा विद्यार्थी तथा युवाहरु लाग्नुपर्ने बताउँदै चुमानले सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुने बताए । सरकार र निजी क्षेत्र मिलेर सूचना तथा प्रविधिको विकासमा लाग्नुपर्ने क्यान महासंघका सचिव जगन गुरुङले बताए ।

jutta mela

फागुन ११ गते सुरु इन्फोटेकमा सय वटा स्टल राखिएका थिए । उत्कृष्ट स्टल कस्मिक कम्प्युटिङ सोलुसन घोषित भएको उत्कृष्ट स्टल छनोट उपसमिति संयोजक एवं क्यान कास्कीका पूर्व अध्यक्ष इविन्दराज तिवारीले जानकारी दिए ।

क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी विश्वासको अध्यक्षतामा आयोजित कार्यक्रममा क्यान गण्डकीका अध्यक्ष तुलसीराम पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन क्यान कास्कीका सचिव सेवक क्षितिजले गरेका थिए । क्यान कास्कीका पूर्व अध्यक्ष चण्डिप्रसाद अर्यालको संयोजकत्वमा समापन कार्यक्रम भएको हो ।

You might also like

Comments are closed.