विज्ञापन संघको प्र्रदेश संयोजकमा गौतम

पोखरा । नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् । बिहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरे ।

विज्ञापनका नीति र नियमलाई विस्तृत कार्यान्वयनका निम्ती आनले प्रदेश संरचनालाई अगाडि बढाएको संघका अध्यक्ष रिजालले जानकारी दिए । आगामी दिनमा प्रदेश सरकारहरूसँग समन्वय गरेर विज्ञापन क्षेत्रलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने उनले बताए ।

You might also like

Comments are closed.