वित्तीय साक्षरता प्रवद्र्धनका लागि पोखरा विश्वविद्यालय र नेपाल बैंकर्स संघबीच सम्झौता

आर्थिक आवाज
पोखरा, १० जेठ । पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेस र नेपाल बैंकर्स संघबीच वित्तीय साक्षरता प्रवद्र्धनका लागि सहकार्य गर्ने उद्देश्यका साथ सम्झौता सम्पन्न भएको छ ।

नेपाल बैंकर्स संघको कार्यालय, काठमाडौंमा भएको सम्झौता अनुरुप विश्वविद्यालयका व्यवस्थापन संकायका विद्यार्थीहरुलाई देशभर परिचालित गरिने विश्वविद्यालयका निर्देशक डाक्टर रवीन्द्र घिमिरेले बताए । घिमिरेका अनुसार विद्यार्थीहरुको इन्टर्नसिप र अन्य खाली समयमा योजना बनाएर अभियान सञ्चालन गरिनेछ ।

नेपाल सरकारले अगाडि सारेको हरेक नागरिकलाई बैंक खाताको पहुँचमा ल्याउने ‘खोलौं बैंक खाता अभियान’मा पनि विद्यार्थीहरुले बैंकहरुलाई सघाउनेछन् । यो अभियान मार्फत विद्यार्थीहरुले संघसँग मिलेर नेपालका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरताको अभिवृद्धि गर्न जनचेतना कार्यक्रम गर्नुका साथै ‘एक व्यक्ति एक बैंक खाता अभियान’लाई सार्थक समेत बनाउनेछन् ।

jutta mela

बैंक तथा वित्तीय क्षेत्रको बारेमा अध्ययन, अनुसन्धान तथा प्रकाशन कार्यलाई समेत दुवै पक्षले प्राथमिकतामा राख्ने सहमति भएको छ । यस्ता कार्यका लागि संघले विश्वविद्यालका शिक्षक तथा विद्यार्थीहरुलाई सहयोग गर्ने समेत सम्झौतामा उल्लेख छ । सम्झौतामा निर्देशक डाक्टर रवीन्द्र घिमिरे र संघका अध्यक्ष एवं नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गर ।

You might also like

Comments are closed.