विद्यालयस्तरीय व्याडमिन्टनमा सेमिफाइनल समीकरण पुरा, फाइनल शनिबार

पोखरा । पोखरा रंगशालामा आयोजित १८ औं सस्करण  विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनल समीकरण पुरा भएको छ । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा सञ्चालित विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगितामा फाईनल आज शनिबार हुने छ ।

आधारभूत तह(८ कक्षासम्म)को छात्र तर्फको प्रतिस्पर्धामा सैनिक आवासियकका विजय खत्रीले सैनिककै सचिन गुरुङमाथि २१–९, २१–१५ को सेटले पराजित गरिन् । अर्को खेलमा सैनिककी सुयोग केसीले एसओएसका कर्मा सोनाम ढुकढाकलाई पराजित गरेका थिए । छात्रा तर्फको प्रतिस्पर्धामा भने सैनिक आवासियकी स्वेच्छा खड्काले प्रगतिकी विधाईका खधिकारीको चुनौतिलाई पन्छाईने भने पोखरा एकेडेमीकी नमूना खड्काले शान्ति निकेतनकी स्नेहा केसीलाई पराजित गरिन् ।

माध्यमित तह(१० कक्षासम्म)को छात्र डबल्स तर्फको प्रतिस्पर्धामा प्रगतिका शीर्षक अधिकारी र ओलिभर गुरुङको जोडीले प्रगतिकै आयुष केसी र जीवन श्रेष्ठको जोडीमाथि १६–२१,२१–१३ र २१–९ को सेटमा पराजित गर्दै फाईनलमा स्थान बनाए । प्रगतिकै रिजन गुरुङ र सुमनको जोडीले सैनिकका सौरभ बराल र सुरभ थापाको जोडीलाई २१–१४, २१–१३ को सेटमा पराजित गरेका थिए । छात्रा तर्फको इभेण्टमा भने टप्सका प्रजिता गुरुङ र एलिशा बलाल थापाको जोडीले पोखरा एकेडेमीका नमूना खड्का र सविरा गुरुङको जोडीलाई २१–११ , २१–११को सेटमा पराजित गरे । प्रगतिकै निरजरा खड्का र शितल केसीको जोडीलेले टप्सका यमी गुरुङ र रिया गुरुङको जोडीलाई २१–१२, २१–१२ को सेटले पन्छाए ।

jutta mela

माध्यमिक तहकै छात्र एकल तर्फको प्रतिस्पर्धामा प्रगतिका शीर्षक अधिकारीले र सैनिकका सौरभ बरालबीच उपाधि प्रतिस्पर्धा हुने छ । अधिकारीले सैनिकका  सौरभ थापार्ला पराजित गर्दै फाईनल प्रवेश गर्दा सैनिकका सौरभ बरालले प्रगतिका ओलिभर गुरुङलाई पन्छउँदै फाईनल पक्का बनाएका हुन् । छात्रा तर्फको टप्सकी प्रजिता गुरुङले प्रगतिकी निरजरा खड्कालाई पराजित गरिन् भने अर्को खेलमा प्रगतिकीक शितल केसीले टप्सकी अलिशा बलाल थापामाथि तेस्रो सेटमा जित निकाल्दै उपाधि भिडन्त पक्का बनाउन पुगिन् ।

उच्चमाध्यमिक तह(१२ कक्षासम्म)छात्रा एकल तर्फको उपाधिको लागि जनप्रियकी सविना आचार्य र जनिप्रयकै प्रेक्क्ष्या केसी भिड्ने छन् । सविनाले सैनिककी स्वष्तिका पौडेललाई २१–९, २१–१५ को सेटले पराजित गर्दै फाईनल पुगिन् । त्यस्तै जनप्रियकै प्रेक्क्ष्याले आफनै सहकर्मी पुजा शर्मालाई १४–२१, २१–१८ र २१–१६को सेटमा पराजित गरेकी थिईन् ।

छात्रा डबल्सको उपाधिको लागि जनप्रियले जनप्रियकै खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार भएको सेमिफाईनल खेलमा जनप्रियका प्रेक्क्ष्या ा केसी र पुजा शर्माको जोडीले सैनिक आवासियकी कृष्टिना गुरुङ र आकृति पोखरेलको जोडीलाई २१–१२, २१–७ को सेटमा पराजित गर्दै फाईनल पक्का बनाएका हुन् । जनप्रियकै सविता आचार्य र सदीक्षा आचार्यको जोडीले पोखरा उच्चमाविका कृति पोखरेल र विनिता बास्तोलाको जोडीलाई २१–१४, २१–१९ को सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।

यसैगरी छात्र एकल तर्फको प्रतिस्पर्धामा गण्डकी बोर्डिङका विधान अधिकारीले सैनिकका पवन गुरुङसित उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार भएको सेमिफाईनलमा गण्डकीका अधिकारीले प्रतिभाका शीर्षक अधिकारीमाथि २१–७,२१–८ को सेटले पराजित गर्दै फाईनल पुग्दा सैनिकका पवन गुरुङले ग्लोबलका विशेष बस्नेतलाई २१–१२, १९–२१ र २१–१९ को कठिन सेटमा जित निकाल्दै फाईनल प्रवेश गरेका हुन् । त्यसैगरी डबल्स तर्फको प्रतिस्पर्धामा गण्डकी बोर्डिङले सैनिक आवासियसित उपाधि प्रतिस्पर्धा गर्ने छन् । गण्डकी बोर्डिङका विधान अधिकारी र अनिश घर्तीको जोडीले प्रतिभाका शीर्षक अधिकारी र साकार अधिकारीको जोडीलाई २१–१३, २१–११ को सेटमा पराजित गरेका थिए । त्यस्तै अर्को खेलमा सैनिक आवासियकका पवन गुरुङ र सुदिप पौडेलको जोडीले ग्लोबल कलेजियटका विशेष बस्नेत र बरुण गुरुङको जोडीलाई २१–१७, २१–९ को सेटमा पराजित गरेका थिए ।

You might also like

Comments are closed.