विभागको अल्टिमेटम होटल संघले नमान्ने

 

पोखरा । लकडाउनका कारण महिनौंदेखि व्यवसाय ठप्प भइरहँदा कर तिर्न ताकेता गरेर आन्तरिक राजश्व विभागले व्यवसायीलाई पीडा माथि पीडा थपेको पश्चिमाञ्चल होटल संघ पोखराले जनाएको छ ।

लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको र घर बाहिर समेत निस्कन नपाइने यथार्थलाई ख्याल नगरी विभागले एक हप्ते अल्टिमेटम दिएर जेठ २५ भित्र कर तिर्न आव्हान गर्नु आश्चर्यजनक भएको संघका अध्यक्ष विकल तुलाचनले बताए । “व्यापार पनि छैन, आम्दानी पनि छैन,”अध्यक्ष तुलाचनले भने– अहिले होटलकर्मीसँग पैसा नै नभएको समयमा कर तिर्न असमर्थ छौं ।

jutta mela

व्यवसायीहरु कर तिर्न तयार रहेको तर यसका लागि थप समय र राहत दिइनुपर्ने भनाई संघको छ । अर्थ मन्त्रालयले लकडाउनको समयमा करको कुरा ल्याएर व्यवसायी तर्साउने काम गरेको अध्यक्ष तुलाचनले बताए । सरकारले राहात उपलब्ध गराउनुपर्ने बेलामा कर नतिरे शुल्क, थप दस्तुर, ब्याज र जरिवाना लाग्ने भनेर व्यवसायी तर्साउनु अव्यहारिक भएको संघको भनाई छ ।

अर्को तर्फ आगामी आर्थिक बर्षको बजेटले समेत होटलकर्मीका समस्या संवोधन गर्न नसकेको संघले बताएको छ । व्यवसायीको अपेक्षा अनुसार नयाँ बजेट आउन नसकेको र सहुलियत दरको ब्याजमा ऋण लिएर कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन सक्ने अवस्थामा पनि व्यवसायी नभएको उनले बताए । विद्युत महशुल, घर भाडा, बैंकको किस्ता र ब्याजका समबन्धमा व्यवसायीले यसअघि राखेका माग नयाँ बजेटले संवोधन गर्न नसकेको संघले जनाएको छ । यस्तै हो भने अव होटल व्यवसाय सदाका लागि बन्द गर्नुको विकल्प छैन– अध्यक्ष तुलाचनले भने ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिसँगै ११ चैतदेखि लागू लकडाउन पछि सबैजसो कारोबार ठप्पप्रायः छन् । सरकारले ४४ प्रकारका उद्योग व्यवसाय खोल्न अनुमति दिए पनि यस अन्तर्गत होटल क्षेत्र परेको छैन । यस्तो अवस्थामा सरकारले आर्थिक उत्थानका कार्यक्रम ल्याउन नसकेको संघले जनाएको छ । कार्यालय गएर कर तिर्न सक्ने वातावरण नभएको र अनलाइन प्रणाली पनि उति भरपर्दो नभएको अवस्था छ ।

You might also like

Comments are closed.