व्यास– ६मा स्वास्थ्य चौकी सेवा कार्यलय

तनहुँ, १८ बैशाख
तनहुँको व्यास– ६ शिसाघाट स्थित बुधवार स्वास्थ्यचौकी उद्घाटन गरिएको छ ।  स्वास्थ्य चौकी उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानले स्वास्थ्य मानव जीवनको प्रमुख आवश्यकता भएकाले आम नागरिकले सहज रुपमा सेवा पाउनुपर्ने बताए ।
स्वास्थ्य चौकीको अभावमा सामन्य स्वास्थ्य सेवाबाट वञ्चित स्थानीयको आवश्यकतालाई मध्यनजर गरी व्यासनगरपालिकाले स्वास्थ्य चौकी सेवा कार्यालयको स्थापना गरिएको न्यौपानेले बताए ।
कार्यक्रममा बोल्दै व्यासनगरपालिका स्वास्थ्य शाखाका प्रमुख हरिशचन्द्र न्यौपानेले आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले स्वास्थ्यचौकी सेवा कार्यालयको स्थापना गरेको बताए ।
उक्त स्वास्थ्यचौकीमा दुई जनाको दरबन्दीमा र दुई जनाको स्वंयसेवमा रहने छन् । स्वास्थ्य चौकीमा विभिन्न खोप, प्राथमिक उपचार सम्बन्धी सम्पूण सेवा प्रदान गरिने कार्यलय प्रमुख अजकुमार यादवले बताए ।
उक्त भवनमा पहिला भवानी प्रा.वि विद्यालय रहेको थियो । विद्यालयमा कम विद्यार्थी भएको कारण महेन्द्र माध्यमिक विद्यालयमा गाभिएको व्यास नगरपालिकाले जनाएको छ ।

व्यास ६ का वडा अध्यक्ष सुर्यभक्त भण्डारीको सभापतित्वमा वडा सदस्य ढालप्रसाद घिमिरे लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.