शिक्षामा सुधार गर्न मर्ज र गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएकाछन्। बुधबार पोखरा २२ स्थित शुक्रराज मा.वि र मा.विको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यामिक तहको शिक्षाको आमुल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन् ।
बिद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसंगै आवासिय सहितको बिद्यालयको अवधारणा अनुसार अघि बढ्न सुझाव दिर्दै उनले शुक्रराज मा.विले हाल संचालन गरेको प्राविधिक शिक्षा धेरै राम्रो भएको प्रंशम्सा गरे । बिद्यालयको भौतिक संरचना राम्रो भएकोले बिद्यालयमा गुणस्तरिय र व्यवसायीक शिक्षाको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको मुख्यमन्त्री गुरुङले जनाए ।

उनले भने “ हाल देशका धेरै ठाउँमा निजी बिद्यालयहरुले गर्दा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको सङख्या घट्दो रुपमा गएको छ, सामुदायिक बिद्यालयमा थोरै बिद्यार्थीहरु हुदा बिद्यालय व्याबस्थापन गर्न कठिन भएको छ, कक्षा ९ देखि १२ सम्मको जिम्मा प्रदेशलाई दिनु पर्थ्यो । ” मुख्यमन्त्री गुरुङले कक्षा १ देखि ८ सम्मको जिम्मा स्थानिय तहलाई दिनु पर्नेमा १२ सम्मको जिम्मा दिनु नै गलत भएको दाबी गरे । बिद्यालयहरु मर्ज गरी छात्रा बास सहितको गुणस्तरिय शिक्षा दिएको खण्डमा र टाढा टाढा (क्याजमेन) एरिया बनायर काम गर्दा सामुदायिक बिद्यालयहरुमा धेरै सुधार हुने मुख्यमन्त्री गुरुङको भनाई थियो ।

बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष नरहरी बराल, प्राध्यानाध्यापक नरनाथ बराल सहितको टोलीले मुख्यमन्त्री गुरुङ, सांसद राजिव पहारी सहितको टोलीलाई बिद्यालयमा स्वागत गर्दै बिद्यालयमा बिद्यार्थीहरुको सङख्या घट्दै जादा बिद्यालय टिकाउन मुस्किल पर्न थालेको गुनासो गरेका थिए ।

jutta mela

एक हजार हुने बिद्यालयमा हाल ३ सयको हाराहारीमा बिद्यार्थीहरु रहेको प्र.अ. बरालले जनाए । सामुदायिक बिद्यायललाई टिकाउन सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने प्रदेश सांसद राजीव पहारीले माग गरेकाछन् । बिद्यालयमा रहेको चौरलाई राम्रो खेल मैदान बनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्न समेत बिद्यालयका अध्यक्ष बरालले माग गरेकाछन् । बिद्यालयमा हाल नर्सरी देखि १० कक्षासम्म अग्रेंजी माध्यमबाट अध्ययन हुने गरेको छ ।

बिद्यालयमा प्लस टुमा व्यबस्थापन र शिक्षा संकाय रहेको छ भने विद्यालयमा हाल प्राविधिक शिक्षा अन्र्तगत पशु विज्ञान (भेटेरिनरी कोर्ष) संचालन हुदै आएको छ । उक्त शिक्षालाई प्रभावकारी बनाउन छात्रावास समेत निर्माणको क्रममा रहेको अध्यक्ष बरालले बताए । बिद्यालयमा निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) को पहलमा एक बर्ष अघि देखि स्कुल बस समेत संचालनमा ल्याएको छ ।

You might also like

Comments are closed.