हरि पराजुली
कार्यसमिति सदस्य, इक्यान कास्की

आजबाट पोखरामा इक्यान फेयर हुँदैछ । इक्यान फेयरमा स्टल राख्ने तथा इक्यानमा आबद्ध सबै शैक्षिक परामर्श दातृ संस्थाले इक्यानको आचारसंहिता (कोड अफ कन्डक्ट) मान्नुपर्छ । त्यही कोड अफ कन्डक्टमा रहेर आफ्नो स्टलबाट वैदेशिक शिक्षाबारे जानकारी दिनुपर्छ ।

हामीले इक्यान र इक्यान फेयरको छुट्टाछुट्टै कोड अफ कन्डक्ट बनाएका छौं । कोड अफ कन्डक्ट अन्तर्गत कुनैपनि शैक्षिक परामर्श दातृ संस्था र तिनका प्रतिनिधिले हुँदै नभएको कुरा गरेर भ्रमित पार्ने, कलेजको फि निःशुल्क हुने वा डिस्काउन्ट हुनेलगायतका अफवाह फैलाउने, यथार्थ भन्दा बाहिर गएर लोभ देखाउँदै विद्यार्थी तथा अभिभावकलाई आकर्षण गर्ने गर्नुहुँदैन ।

विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्शबाहेक अन्य झूठा आश्वासन दिएको पाइएमा इक्यानले कार्वाही गर्छ । त्यसका लागि हामी प्रत्येक दिन समय मिलाएर अनुगमन गरिरहेका हुन्छौं ।