श्रम तथा जोखिममा रहेका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री

आर्थिक आवाज
जेठ ४, पोखरा

श्रम तथा जोखिममा रहेका बालबालिकाहरुको शैक्षिक स्तर उन्नतिको लक्ष्यसहित विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको छ । पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्युनीकरण कार्यक्रममार्फत पोखरा क्षेत्रका १ सय ५५ जना बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

सोमबार एक कार्यक्रमका बीच बालबालिकालाई सहयोग गरिएको कार्यक्रम संयोजक प्रीति पाण्डेले जानकारी दिइन् । झोला, जुत्ता, मोजा, पोशाकसहित शैक्षिक सामग्री सहयोग गरिएको छ । ‘अहिले सहयोग प्राप्त गरेका विद्यार्थीलाई एक वर्षसम्म निरन्तर सहयोग गर्नेछौं,’ उनले भनिन् । शनिबार १ सय ३० जनालाई र शुक्रबार २५ जनालाई सहयोग गरिएको उनले जानकारी दिइन् ।

कार्यक्रमलाई ओम डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, किडासले सहयोग गरेका छन् । सांसद विन्दुकुमार थापा, व्यवसायी गोकर्ण कार्की, छबी पौडेल, अरुण गिरी लगायतले पनि सहयोग गरेका छन् । बालश्रम न्युनीकरण कार्यक्रमका अध्यक्ष राजेन्द्र लालचनको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका शैक्षिक महाशाखा प्रमुख गंगाबहादुर गुरुङले शिक्षामा योगदान पु¥याउने गरी बालबालिकालाई सहयोग गर्नु राम्रो काम भएको बताए ।

You might also like

Comments are closed.