श्रेष्ठ बने युनाइटेड कमर्सियल कम्युनिटीको अध्यक्ष

 

 

पोखरा, १ कार्तिक

नेपाली युवा व्यवसायीहरुको एक भेलाले युनाइटेड कमर्सियल कम्युनिटी गठन गरेको छ । पोखरामा हालै भएको भेलाले युवा व्यवसायी पूर्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कम्युनिटी गठन गरेको हो ।

jutta mela

कम्युनिटीको उपाध्यक्षमा ओमप्रसाद दहाल, महासचिवमा कृष्णबहादुर दहाल, सचिवमा स्नेहा गुरुङ, कोषाध्यक्षमा सञ्जिव पौडेल र सहकोषाध्यक्षमा रुवि रञ्जित रहेका छन् । त्यस्तै कम्युनिटीको सदस्यहरुमा विकास गुरुङ, जयन्ती मोक्तान, बिक्रम बराल, सूर्य भण्डारी र मनबहादुर शाही रहेका छन् ।

भेलाले कम्युनिटीको चितवन संयोजकमा संगम पौडेल र बुटवल संयोजकमा गणेश क्षेत्रीलाई चयन गरेको छ ।

कम्युनिटीका नव निर्वाचित अध्यक्ष पूर्ण श्रेष्ठले युवा व्यवसायीहरु बिच निरन्तर बिचार विमर्श र आपसी सहयोग जुटाउने उद्धेश्यले कम्युनिटी गठन गरेको बताए । स्वदेश र विदेशमा रहेका नेपाली युवाहरु जो स्वदेशमै केहि गरौं भन्ने चाहन्छन् उनीहरुलाई परामर्शसहित स्वरोजगार गर्ने वातावरण निर्माणमा कम्युनिटीले सघाउने उनको भनाई छ ।

You might also like

Comments are closed.