पोखरा । सङ्कल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा सावित्री बराल सिग्देल निर्वाचित भएकी छन् । संस्थाको १६ औं वार्षिक साधारण सभा एवं छैठौं अधिवेशनले सिग्देलको नेतृत्वमा ९ सदस्य कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा मुकुन्दराज पौडेल, सचिवमा मधु अधिकारी, कोषाध्यक्षमा हरिप्रसाद बराल, सहसचिवमा मिना बराल आचार्य निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामचन्द्र बराल, कल्पना शर्मा, पुष्पराज बराल र मेघनाथ गिरी रहेका छन् ।
साथै लेखा सुपरिवेक्षण समिति संयोजकमा सूर्यप्रसाद बराल, सदस्यहरुमा दुर्गाराज बराल र रामनाथ पौडेल निर्वाचत भएको जनाइएको छ । संस्थाका सल्लाहकार विश्वेश्वर पराजुली, सदस्यहरुमा लोकमाया बराल र उदयराज अधिकारी रहेको निर्वाचन समितिले नयाँ नेतृत्व प्रक्रियागत रुपमा चयन गरेको हो ।
पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यले सहकारीका ७ सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै सङ्कल्प सहकारी आफूलाई जोखिमरहित राख्न सकेको बताए । उनले वित्तीय संस्थासँग सहकार्य गर्न वडा सधै तयार रहेको बताउँदै शेयर सदस्यले सहकारीबाटै कारोबार गरेर संस्थालाई मजबुत बनाउन लाग्नुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमाम संस्थाका सल्लाहकार एवम् संस्थापक अध्यक्ष विष्णुहरि बराल, निवर्तमान अध्यक्ष सरोज नारायण बराल लगाएतले शुभकामना व्यक्त गरेका छन् । सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने अम्बिका सापकोटा र पवित्रा पौडेल एवम् संस्थामा लामो समय लेखासमितिमा रहेका कार्य गरेका सूर्यनाथ भट्टराईलाई सम्मान गरिएको छ । कोषाध्यक्षको प्रतिवेदन हरिप्रसाद बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरेका छन् ।
संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सावित्री बराल र सञ्चालन सचिव नरेशप्रसाद बरालले गरेका हुन् । संस्थामा हाल ८७ महिला र १३७ जना पुरुष गरी कुल २२४ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी २ करोड ८ लाख ६२ हजार ६ सय कायम रहेको छ ।
Comments are closed.