सगरमाथा जलविद्युत्‌को आईपीओ आजदेखि खुला

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आजदेखि आइपीओ बिक्री खुला गरेको छ । माघ ५ गते बिहीबारदेखिआयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यमा ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन गरेको हो।

त्यस्तै, १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन बन्द छिटोमा माघ १९ गते हुनेछ। सो अवधिमा मागबमोजिम आवेदन नपरेमा फागुन ५ गतेसम्म म्याद थपिनेछ।

यस्तै,  वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने माघ १९ गतेभित्र नै आवेदन दिनुपर्नेछ। इक्रा नेपालले कम्पनीलाई  ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले हाल एक अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँको लागतमा ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

 

You might also like

Comments are closed.