सञ्चार सहकारीका महिला सदस्यलाई तीजको उपहार

आर्थिक आवाज
पोखरा, ६ भदौ । सञ्चार बचत तथा ऋण सहकारी संस्था लि. पोखराले हरितालिका तीजको अवसरमा महिला सेयर सदस्यहरु तथा महिला कर्मचारीलाई उपहार प्रदान गरेको छ । न्युरोडस्थित सहकारीको कार्यालयमा एक कार्यक्रमका बीच महिला सदस्यहरुलाई उपहार प्रदान गरिएको हो ।

रचनात्मक कार्यक्रम गर्ने उद्देश्यले महिला सेयर सदस्यहरुलाई उपहार प्रदान गरिएको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिए । ‘अघिल्लो वर्ष महिला सेयर सदस्यहरुको घरमै तीजको उपहार पठाएका थियौं,’ उनले भने, ‘यसपटक कार्यालयमै बोलाएर तीजको उपहार प्रदान गरेका छौं ।’

jutta mela

कास्की जिल्ला कार्यक्षेत्र रहेको सहकारीमा २ सय ५० जना सेयर सदस्य छन् । महिला सेयर सदस्यको संख्या ८६ जना रहेको प्रवन्ध निर्देशक पवित्रराज तिवारीले जानकारी दिए । सेयर पुँजी ४ करोड ३२ लाख रुपैयाँ रहेको सहकारीको निक्षेप संकलन १४ करोड ७९ लाख रुपैयाँ छ । ऋण लगानी १६ करोड ३ लाख रुपैयाँ रहेको तिवारीले जानकारी दिए ।

You might also like

Comments are closed.