सञ्चार सहकारी र महालक्ष्मी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

आर्थिक आवाज
पोखरा, २ जेठ । सञ्चार बचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा र महालक्ष्मी इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

सञ्चार सहकारीका तर्फबाट अध्यक्ष विनोद ढुंगाना र महालक्ष्मी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सञ्चार सहकारीका ग्राहकले सहकारीबाटै महालक्ष्मी इन्स्योरेन्सका जीवन बिमा पोलिसीहरु खरिद गर्न महालक्ष्मीका सहायक महाप्रवन्धक प्रशान्तराज धमालाले जानकारी दिए ।

You might also like

Comments are closed.