सन्दर्भ, विद्यालयको छनौट 

विद्या ढकाल

कोरोना भाइरसको संक्रमणका कारण विद्यालयहरु बन्द छन् । अभिभावकहरु कहिले विद्यालय खुल्छ र आफ्ना नानी, बाबुहरुलाई विद्यालय पठाउन पाइने हो भनी प्रतिक्षा गरिरहनु भएको छ । नयाँ शैक्षिक सत्र (२०७७) सुरु हुन ढिला भइरहेछ । यो समयमा अभिभावकहरु आफ्ना वावु नानीहरुलाई कुन वा कस्तो विद्यालयमा भर्ना गर्ने भन्ने विषयमा पनि विचार विमर्श गर्दै हुनुहुन्छ । यस विषयमा मेरो अनुभव ,मेरो धारणा :-
# कुनै पनि बच्चा ( विध्यार्थी ) को सिकाई प्रक्रियामा प्रभाव पार्ने तत्वहरु : –
1. सम्बन्धित बच्चामा रहेको आन्तरिक गुण / क्षमता ।
2. घरको वातावरण ।
3 .सामाजिक वातावरण ।
4 . धेरै समय सङ्गै रहने साथीहरुको स्वभाव ( संगत) ।
5. विद्यालयको वातावरण ।
6. शिक्षक / शिक्षिकाहरुको क्षमता र लगनशीलता ।
7. पाठ्यक्रम र पाठ्यपुस्तकको स्तर ।

# बच्चाहरुलाई संस्थागत ( बोर्डिङ ) विद्यालयमा पढाउँदैमा पढाईको स्तर राम्रो र सामुदायिक ( सरकारी ) विद्यालयमा पढाउँदा पढाईको स्तर कमजोर हुने होइन । यसैले आफ्ना वावु नानीहरुलाई सामुदायिक विद्यालयमा नै भर्ना गरौं । बरु सामुदायिक विद्यालय सञ्चालनमा रहेका कमजोरीहरुको पहिचान गरी सुधारको लागि विशेष अभियानको थालनी गरौ ।

jutta mela

# विद्यार्थीको लागि ज्ञान आर्जन प्रमुख कुरा हो । भाषाका कारण उसको ज्ञान आर्जन गर्न पाउने अधिकारलाई कुण्ठित नपारौं । कम्तिमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमलाई अनिवार्य नगरौं । धेरै अध्ययन र अनुसन्धानहरुबाट के प्रमाणित भएको छ भने – अन्य भाषामा भन्दा मातृभाषामा शिक्षा दिदा वच्चाहरुमा ज्ञान आर्जन गर्ने क्षमता ( सिकाई उपलब्धि ) धेरै बढी हुने गर्दछ ।

# नेपालमा पढाइ पछि जागिर सबैजसो व्यक्तिको पहिलो रोजाई हुने गरेको छ । पढाइ पछि नोकरी होइन , आफ्नो मालिक आफैं बनी उत्पादनका काममा संलग्न हुने र श्रमलाई उच्च सम्मान गर्ने भावनाको विकास हुनु आवश्यक छ । जसका लागि हाम्रो चिन्तन प्रणालीका साथ शिक्षा नीति र पाठ्यक्रममा आमुल परिवर्तनको आवश्यकता छ । देशको आवश्यकता अनुसारको रोजगारमूलक व्यवसायिक शिक्षा अब हाम्रो पहिलो प्राथमिकता हुनु पर्दछ ।

You might also like

Comments are closed.