समयमै कर दाखिला गर्ने दीपलक्ष्मी ब्राइट र काठमाडौं फ्रेस बेकरी

आर्थिक आवाज
पोखरा, १० जेठ । पोखराको व्यावसायिक प्रतिष्ठान दीपलक्ष्मी ब्राइट इन्टरनेशनल प्रालि र काठमाडौं फ्रेस बेकरी आन्तरिक राजश्व कार्यालय पोखराको बक्यौता कर रकम दाखिला गर्ने कम्पनीको सूचिमा समावेश भएका छन् । बक्यौता रकम दाखिला गर्नका लागि आह्वान गर्दै केही समय अगाडि पोखराको एक दैनिक पत्रिकामा सूचना प्रकाशन भएको थियो । उक्त सूचनामा दीपलक्ष्मी ब्राइट इन्टरनेशनल प्रालि र काठमाडौं फ्रेस बेकरीको नाम पनि समावेश थियो ।

आन्तरिक राजश्य कार्यालयबाट प्रकाशित संशोधित सूचनामा यी दुई ‘करदाताहरुको सम्बन्धमा अन्यथा भएको हुँदा सूचनाबाट निजहरुलाई हटाइएको व्यहोरा’ उल्लेख छ । दीपलक्ष्मीका सञ्चालक राजेन्द्रकुमार बाटाजू र काठमाडौं फ्रेस बेकरीका सञ्चालक रोशन महर्जन समयमा नै कर दाखिला गरेका थिए ।

You might also like

Comments are closed.