सय रोग, एक औषधी गुर्जोः यस्ता छन् फाइदा र प्रयोग विधि

 

प्रितम अधिकारी
नेपालको प्राय जुनसुकै जंगल पाखापखेरामा पाहिने लहरा प्रजातिको बनस्पति गुर्जो आजभोलि एका एका चर्चामा आएको छ । केही समय अगाडिसम्म आयुर्वेदिक विज्ञान वा आयुर्वेदिक औषधी पसल बाहेक नाम नसुनिने गुर्जो अहिले एकाएक चर्चामा आउनुको कारण बहुगुणकारी र बहुउपयोगी हुनु नै हो ।

नेपालमा गुर्जो वा गिलोय भनेर चिनिने यसको वैज्ञानिक नाम भने ‘टिनोस्पोरा कार्डिफोलिया’ हो । पछिल्लो समय विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरस, स्वाइन फुलु, बड्फुलु, डेङ्गो भाइरसबाट सर्ने किटाणुलाई परास्त गर्न सक्छ भनेर आयुर्वेदिक जानाकारहरु बताउँछन् । ‘हजार रोग एक औषधी’ भनेर चिनिने गुर्जो अहिले सामान्य मानिसदेखि दीर्घरोगीसम्म प्रयोग गर्न सकिन्छ ।


नेपालमा प्रशस्त कोरोना टेस्ट (पिसिआर) नहुनु, भइहाले पनि त्यसको कुनै भरपर्दो उपचार नभएकाले गुर्जो पहिलो रोजाई परेको छ । केही समय अगाडि जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रमुखले पनि प्रशस्त गुर्जोको जुस खाएर कोरोना जितेको धारणा व्यक्त गर्नुभएको थियो । त्यस्तै म्याग्दीको बेनिमा कोरोना संक्रमण भइ आइसोलेसनमा बसेका ४८ जनालाई गुर्जो र तुलसीको पत्ताको नियमित सेवनले कोरोना जितेर गएको जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको थियो ।

गुर्जोका फाइदाहरु
१. गुर्जाे शीतल गुण भएकाले यसले गर्मीबाट टाउको दुखेको, आखा पिसाब, पैताला हात खुट्टा र जीउ पोलेको र पुरानो ज्वरोलाई निको पार्दछ ।
२. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ ।
३. किड्नीको दुर्बलता तथा विकारलाई हटाएर पिसाब सम्बन्धी सम्पूर्ण समस्या तथा रोगहरुमा लाभ पु¥याउछ ।
४. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ ।
५. रक्तविकार (रगतको खराबी) हटाउन र रक्तअल्पता रगतको कमी हुन दिदैन ।
६. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ ।
७. टि.बी (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।
८. कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु भाइरस जिवाणु किटाणु र तथा विषाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ । इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ ।
९. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पु¥याउँछ ।
१०. उच्च रक्तचापको रोगीलाई पनि यसले फाइदा पु¥याउँछ ।
११. गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धी रोगमा फाइदा गर्दछ ।
१२. सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने ।

 

प्रयोग गर्ने विधि

१. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विधि अनुसार गुर्जो को सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टरको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।
२. ताजा गुर्जोको लहरा (काण्ड) १० देखि ३० ग्राम सिलौटो ओखल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनिसंगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।
३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो (गिलोय सत) जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।
४. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।
५. हप्तामा १–२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।
४. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।
५. ताजा गुर्जाकोे सेवनले कम्तीमा ३÷४ महिना भित्र शरीरमा आश्चर्यपूर्ण परिवर्तन ल्याउछ ।

ध्यान दिनुपर्ने कुराहरु
१. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।
२. गर्भवती, दूधपान गराइरहेका आमा, ५ वर्ष मुनिका बच्चा, पखाला लागेका बिरामीले प्रयोग गर्नु हुँदैन ।
चिसो लागेको र संवेदनशील तथा कमजोर (जीर्ण) अवस्थाका बिरामीले उमालेर छानेर सेवन गर्नुपर्दछ । सत बनाएर प्रयोग गर्दा अझै सुरक्षित तथा प्रभावकारी हुन्छ । शरीरको अवस्था अनुसार अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टरको सल्लाह लिएर प्रयोग गर्नु धेरै राम्रो हुन्छ ।
बहुउपयोगी र बहु गुणकारी गुर्जोको पोखरामा पनि अत्याधिक माग भए बमोजिम हामीले व्यावसायिक बितरण सुरु गरेका छौं । सामाजिक संजालको प्रयोग गरि (गुर्जो पोखरा)बाट बिक्री सुरु गरेका छौं ।

You might also like

Comments are closed.