सर्वेश्वर व्यवसायी समितिमा पनेरु

पोखरा । सर्वेश्वर टोलस्थित सर्वेश्वर व्यवसायी समिति पोखराको अध्यक्षमा एकनारायण पनेरु सर्वसम्मत चयन भएका छन् । समितिको पोखरामा सम्पन्न आठौैं साधारणसभा तथा चौथो अधिवेशनले पनेरुको अध्यक्षतमा १३ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा बालकृष्ण भण्डारी, द्वितीय उपाध्यक्षमा नारायण दवाडी, महासचिवमा तुलबहादुर थापा, सचिवमा वीरेन्द्र कुँवर, कोषाध्यक्षमा मुक्तिराम दाहाल तथा सह–कोषाध्यक्षमा कृष्ण पौडेल चयन भएका छन् । सदस्यहरुमा लोकनाथ आचार्य, छविलाल गौतम, विशाल अधिकारी, माधव बराल, नवराज आचार्य र गोविन्द पंगेनी चयन भए ।

You might also like

Comments are closed.