सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट आर्थिक आवाजकर्मी श्रेष्ठ पुरस्कृत

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७६ बाट आर्थिक आवाजकर्मी सन्देश श्रेष्ठ पुरस्कृत भएका छन् । डेढ दशकदेखि पत्रकारिता गर्दै आएका श्रेष्ठ सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।

सहारा क्लब पोखराको २१ औं वार्षिकोत्सव, साधारण सभा तथा ११ औं अधिवेशनको अवसरमा उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशबबहादुर थापालगायतले नगद २० हजार ५ सय ५५ सहित ताम्रपत्र, दोषल्ला, माला र खादा लगाएर सम्मान गरेका थिए ।

श्रेष्ठ यसअघि ‘पृथ्वी पत्रकारिता पुरस्कार २०७५’, ‘बालकल्याण पत्रकारिता पुरस्कार २०७५’, गण्डकी दुग्ध व्यवसायी समितिद्वारा ‘प्रथम किसान पत्रकारिता पुरस्कार २०७६’बाट सम्मानित भइसकेका छन् । उनी आर्थिक आवाज पत्रिकाका कार्यकारी सम्पादक हुन् ।

You might also like

Comments are closed.