सहिद, घाइते, अपाङ्ग तथा वेपत्ता परिवारलाई सरकारले भुलेको आरोप

 

पोखरा ।

गण्डकी प्रदेश सभाका पूर्व माओवादीबाट प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुले सरकारले सहिद, घाइते, अपाङ्ग तथा वेपत्ता परिवारलाई भुलेको आरोप लगाएका छन् । विनियोजन विधेयक २०७७÷७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै उनीहरुले प्रदेश सरकारले प्रस्तुत गरेको बजेको सिद्धान्त र प्राथमिकताले सहिद, घाइते, अपाङ्ग तथा वेपत्ता परिवारलाई सम्बोधन नगरेको भन्दै उनीहरुलाई सरकारले भुलेको आरोप लगाएका हुन् । बजेटको सिद्धान्त र प्राथमिकताप्रति आफूहरुको समर्थन रहेपनि सहिद, घाइते, अपाङ्ग तथा वेपत्ता परिवारलाई सम्बोधन नगरेकाले सो मुद्धा आगामी नीति तथा कार्यक्रममा समावेश गर्न उनीहरुले माग गरेका छन् ।

jutta mela

प्रदेश सभामा विहीबार विनियोजन विधेयक २०७७÷७८ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिदै नेकपा सांसद दीपक कोइरालाले गणतन्त्र ल्याउनका लागि जीवन बलिदान गर्ने सहिद, घाइते, अपाङ्गता र वेपत्ता हुनेहरु र तिनका परिवारलाई गणतन्त्र आएपछिको सरकार, तिनले ल्याएका नीति तथा कार्यक्रम र बजेटले सम्बोधन नगरेको आरोप लगाए ।

सांसद गायत्री गुरुङले सहिद, घाइते, अपाङ्गता तथा वेपत्ता भएका परिवारको मुद्धा सरकारले गम्भीरतापूर्वक नलिदा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेको बताइन् । प्रत्येक वर्ष आवाज उठाउँदापनि सरकारले नसुनेको भन्दै सो विषय आगामी नीति तथा कार्यक्रममा समेट्न आग्रह गरिन् ।

सांसद आशा कोइराला खनालले संघ र प्रदेश दुबै सरकारले संक्रमणकालिन न्याय दिलाउन तथा शान्ति सम्झौताको बाँकी काम पूरा गर्नलाई प्राथमिकता नदिएको आरोप लगाइन् ।

सांसद मधुमाया अधिकारीले सहिद, वेपत्ता, घाइते तथा अपाङ्गलाई सरकारले भुलेको आरोप लगाइन् । उनीहरुको परिवारको अभिलेखिकरण गर्दै सीपमूलक र उत्पादनमूलक क्षेत्रमा जोड्ने योजना आगामी नीति तथा कार्यक्रम र बजेटमा ल्याउन उनले माग गरिन् ।

You might also like

Comments are closed.