सांग्रिला बैैंकको शाखा सिमकोट हुम्लामा

पोखरा । साँग्रिला डेभलपमेन्ट बैंकले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा आफ्नो ८६ औं शाखा विस्तार गरि कारोवार शुभारम्भ गरेको छ । शाखा कार्यालयको विधिवत रुपमा उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाईं र सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष नाम्गेल तामाङ, सिमकोट गाउँपालिका वडा नं. ६ का अध्यक्ष जयचन्द्र रोकाया, हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना, सभाका प्रमुख अतिथी सिमकोट गाउँपालिकाका प्रमुख पदम बहादुर लामा लगायतले आफ्नो मन्तव्य राख्दैं बैंक संचालन भएकोमा खुशि व्यरे ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष अच्यूत प्रसाद प्रसाईंले बैंकले जिल्लामा यस अघि समेत कर्जा लगानी गरिसकेको र जिल्लामा संकलन भएको सम्पूर्ण निक्षेप सोही क्षेत्रमा लगानी गरिने बताए । काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने थप ५ शाखा उद्घाटनको तयारीमा रहेको बताइएको छ ।

You might also like

Comments are closed.