सांसदको पनि स्वाव संकलन

 

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्यहरुको बुधबार स्वाव संकलन गरिएको छ । सांसदहरुलाई कोरोना भए÷नभएको पहिचान गर्न बुधबार सभामुख, उप–सभामुख, सांसदहरुसहित ११४ जनाको स्वाव संकलन गरिएको हो ।

jutta mela

बुधबार ३३ जना सांसदहरु, संसद सचिवालयका १८ जना कर्मचारी, गाडी सुविधा पाएका सभामुख, उप–सभामुख तथा संसदका विभिन्न समितिका सभापतिहरुका ११ जना चालक तथा ११ जना स्वकीय सचिवहरुको स्वाव संकलन गरिएको गण्डकी प्रदेश सभा सचिवालयका सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बुधबार २० जना सांसदहरु भने अनुस्थित रहे । बुधबार अनुपस्थित उनीहरुको शुक्रबार स्वाव संकलन गरिने आचार्यले जानकारी दिए ।

यसअघी मंगलबार मुख्यमन्त्रीसहित प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वकीयसहित सचिवालय सदस्यहरु, गाडी चालकहरु, नीति तथा योजना आयोगका सदस्यहरु, कर्मचारीहरु गरि कुल १४६ जनाको स्वाव संकलन गरिएको थियो ।

गण्डकी प्रदेशको जेठ ११ गतेदेखि बजेट अधिवेशन शुरु हुने भएपछि बैठकको तयारी स्वरुप कोरोना भए÷नभएको पहिचान गर्न स्वाव संकलन गरिएको हो । स्वाव संकलन गरिएकाहरुको नतिजा शनिबार सम्ममा आइसक्ने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो बैठक जेठ ११ गते पूर्वाह्न ११ बजे पोखरा सभागृहमा बस्नेछ । बैठकका लागि पोखरा सभागृहलाई सजाउन शुरु गरिएको छ भने त्यहाँ बस्ने कुर्सीहरुको मर्मतसम्भारपनि भइरहेको छ । प्रदेश सभा भवन नदीपुरमा सामाजिक दुरी कायम गरेर बैठक बस्न असम्भव भएपछि पोखरा सभागृहमा बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

You might also like

Comments are closed.