सामाजिक उत्तरदायित्व बहन गर्दै सिद्धार्थ बैंक

आर्थिक आवाज
तनहुँ, १२ असार । सिद्धार्थ बैंक दमौली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई सहयोग गरेको छ । विद्यालयलाई सफा, सुन्दर र हरियाली बनाउने उद्देश्यले विद्यालयले थालेको ‘सफा र स्वच्छ’ अभियानलाई सघाउन बैंकले व्यास–१० बैरेनीस्थित चण्डीदेवि राष्ट्रिय माविलाई नगद रु. ३५ हजार आर्थिक सहयोग गरेको बैंकका शाखा प्रबन्धक सुरेश न्यौपानेले जानकारी दिए ।

उक्त रकम विद्यालयमा आयोजित एक कार्यक्रमका बिच न्यौपानेले विद्यालयका प्रअ रामचन्द्र पोख्रेल (आरस), वडा सदस्य लक्ष्मी परियार र व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानालाई हस्तान्तरण गरेका हुन् ।

jutta mela

रकम हस्तान्तरण गर्दै प्रवन्धक न्यौपानेले आगामी दिनमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, संस्कृति जर्गेना जस्ता क्षेत्रहरुमा थप सहयोग गर्ने बताए । बैंकले स्थानीय सरकारसँगको समन्वयमा सामाजिक उत्तरदायित्व बहन गर्ने उनको भनाइ थियो ।

सोही अवसरमा विद्यालयका प्रअ पोख्रेलले बैंकको सहयोगमा विद्यालयमा बगैंचा निर्माण, वृक्षरोपण र ब्लक निर्माण गरी फूलहरु रोपिएको जानकारी दिए । विद्यार्थीहरुलाई सफा, स्वच्छ र हरियाली वातावरणमा पठनपाठन गर्न बंैकले पु¥याएको सहयोग प्रति आभार व्यक्त गरे । बैंकले हालसम्म आफ्ना १ सय ५५ वटा शाखाहरु छन् भने १ सय ६५ वटा एटिएम छन् ।

You might also like

Comments are closed.