पोखरा । सिटिजन समूहले आईटी क्षेत्रमा व्यवसाय विस्तार गरेको छ । सिटिजन फर्निचर र सिटिजन फर्निचर एण्ड फर्निसिङ्ग मार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको यस सिटिजन समूहले नयाँ प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान व्यवसाय विस्तार गरेको जनाइएको छ ।
सिटिजन कम्प्युटिङमार्फत कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी सबै गुणस्तरीय सेवाहरु उपलब्ध गराइने सञ्चालक दिपक कार्कीले जानकारी दिएका छन् । ग्राहकको बढ्दो आईटी सम्बन्धी आवश्यकतालाई मध्यनजर गर्दै यस सेवा सुरु गरिएको कार्की बताउँछन् । नयाँ सेवामा कम्प्युटर तथा सूचना प्रविधि सम्बन्धी सबै गुणस्तरीय सेवाहरु उपलब्ध हुनेछन् ।
सिटिजन कम्प्युटिङले नवीनतम प्रविधिको प्रयोगमार्फत गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । ग्राहकले ९८५६०२१५७२ र ९८४७२०१५५९ मा सम्पर्क गरेर सेवा सम्बन्धी विस्तृत जानकारी लिन सक्नेछन् ।
Comments are closed.