सुनको मूल्य बढ्ने क्रम जारी

काठमाडौं ।

सुनको मूल्यले इतिहास रच्ने क्रम जारी छ । शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिवार १ लाख २ हजार ५ सयमा कारोवार भएको थियो ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । सुनको मूल्य आगामी दिनमा अझै वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

You might also like

Comments are closed.