सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला रु एक लाख ३१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १८ सयले बढेर रु एक लाख ३३ हजार तय भएको हो ।

यस्तै, तेजावी सुन तोलामा मङ्गलबार प्रतितोला रु एक लाख ३० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३२ हजार ३५० निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु १५ सय ४५ मा कारोबार भएको चाँदी आजका लागि भने रु ६५ले बढेर रु १६ सय १० बराबरको मूल्य निर्धारण भएको छ । रासस

You might also like

Comments are closed.