सेन्ट जर्ज स्कुल हाँडीगाउँमा खेलकुद सप्ताह शुरु

काठमाडौं । सेन्ट जर्ज  स्कुल काठमाडौं -५, स्थित हाँडीगाउँमा खेलकुद कार्यक्रम सुरू भएको छ ।

विद्यालयका अध्यक्ष एवं  बागमती खेलकुद परिषदका बोर्ड सदस्य प्रल्हाद दाहालको विशेष उपस्थितिमा कार्यक्रमको समुद्घाटन भएको हो ।

अध्यक्ष दाहालले खेलेर मात्र होइन हेरेर पनि खेलकुदमा सहभागिता जनाउन सकिने बताए । खेलकुदको माध्यमबाट देशलाई विश्वमा चिनाउन सकिने उनको भनाइ छ । `देशलाई  चिनेका हुँदैनन् तर खेलाडीलाई विश्वले चिन्छन्। खेलकुद स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्ण छ,´ उनलेे भने । त्यसैले सम्पूर्ण विद्यार्थीहरुले अनिवार्य खेलकुदमा भाग लिनुपर्ने कुरा उनलेे बताए ।

विद्यालयका प्र.अ. मेघराज बजगाईंले विद्यार्थीहरुलाई नियमित  कक्षाका साथै विद्यालयले अतिरिक्त क्रियाकलाप खेलकुदमा विशेष ध्यान दिने गरेको, हरेक वर्ष विद्यालयमा र अन्य विद्यालयमा हुने प्रतियोगितामा सहभागीता जनाउने र विद्यालयमा सबै विद्यार्थीलाई अनिवार्य कुनै न कुनै खेलमा समाबेश गराउने गरेको कुरा बताए ।

विद्यालयमा खेलकुद कार्यक्रम  ४ दिनसम्म चल्नेछ । खेलकुद कार्यक्रममा बास्केटबल, फुटबल, टिटि, ब्याडमिनटन, लगायत विभिन्न खेलकुदका बिधाहरु समाबेश गरिएको छ ।

कार्यक्रम समापनपछि उत्कृष्ट विद्यार्थीहरुलाई ट्रफि ,मेडल र प्रमाणपत्र वितरण गरिने कुरा विद्यालयका तेक्वान्दो शिक्षक मनोज घतानीले बताए । कार्यक्रममा विद्यार्थीहरुले उत्सुकता  पुर्वक भाग लिएका थिए ।

You might also like

Comments are closed.