स्पर्स लघुवित्तको कार्यालय व्यवस्थापन तालिम

आर्थिक आवाज
पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाले सञ्चालनमा रहेको २० वटा शाखा कार्यालयमा कार्यरत सहायक स्तरका कर्मचारीहरुलाई उत्प्रेरणात्मक तथा कार्यालय व्यवस्थापन सम्वन्धि दुई दिने तालिम सम्पन्न गरेको छ । शनिबार र आइतबार चलेको कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्घाटन गरेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आचार्य, विभागीय प्रमुख विनोद पराजुली, लेखा अधिकृत ऋषभ सुवेदी तथा अनुगमन अधिकृत शम्सेर बहादुर नेपालीले कर्मचारीहरुलाई आफू कसरी आफ्नो काममा उत्प्रेरित हुने, सदस्यहरुलाई संस्था प्रति कसरी उत्प्रेरित गराई राख्ने भन्ने विषयमा कक्षाहरु संचालन गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.