स्पर्स लघुवित्त वित्तीय संस्था तेस्रो वर्षमा

आर्थिक आवाज
पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेड स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा वित्तीय संस्थाले ग्राहक सदस्य मध्ये ८४ जना विपन्न परिवारका छोरीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल सञ्चालनमा रहेका विभिन्न २० वटा शाखा कार्यालयहरु मार्फत छात्रवृत्ती वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए । विभिन्न सामुदायिक विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण, नगर–टोल सरसफाई कार्यक्रम, वृद्धवृद्धाहरुलाई फलफुल वितरण तथा फरक रुपमा सवल व्यक्तिहरुलाई खाद्यान्न वितरण गरिएको उनले जानकारी दिए ।

वित्तीय संस्थाको केन्द्रीय कार्यालय, विजयपुरले पोखरा महानगरपालिका–२७, मा अवस्थित सृजना बहिरा आवासीय विद्यालयलाई आवश्यक कार्र्यालय तथा शैक्षिक सामग्री लगायत खेलकुदका सामग्रीहरु समेत वितरण गरेको छ । सो अवसरमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले वित्तीय संस्थाले हाल करिव १६ हजार घरधुरी माझ घरदैलोमा नै लघुवित्त सेवा प्रदान गर्दै गर्दा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि ध्यानमा राख्दै यस्तो किसिमको कार्यक्रमको आयोजना गरेको वताए ।

You might also like

Comments are closed.