स्याङ्जाको विरुवामा वृहत वृक्षरोपण

स्याङजा । स्याङजाको विरुवा गाउँपालिकास्थित नव ज्योती माविको चौरमा वृहत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा सप्त गण्डकी, गतिशील, गतिशील मन्जरी, अन्नपूर्ण र भैरवको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

उक्त अवसरमा विभिन्न प्रकारका ४ सय वटा विरूवा रोपिएको सप्त गण्डकीका अध्यक्ष सपना रानाले जानकारी दिइन् । ‘वृहत वक्षरोपण कार्यक्रम गर्न सफल भएका छौं,’ उनले भनिन्, ‘नव ज्योती माविसहित गाउँपालिकाका विभिन्न सार्वजनिक स्थानमा ४ सय विरुवा रोपिएको छ ।’

jutta mela

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान शभा सदस्य टेकु नेपालीले वृहत वृक्षरोपण गरेर लायन्सहरुले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरिन् । कार्यक्रममा लायन्सका क्लस्टर प्रमुख सुरेन्द्र मान बिजुक्षे, रिजन पर्सन बेव राज गिरी, जोन चियेर पर्सन बुद्ध उदास, वडा अध्यक्ष प्रकाश थापा, विद्यालयका प्रधानाध्यापक बम बहादुर राना लगायतले बोलेका थिए ।

सपना रानाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन उषा रानाले गरेकी थिइन् । स्थानीय व्यवस्थापन स्थानीय समाजसेवी गोविन्द रानाले गरेका थिए ।

You might also like

Comments are closed.