‘हाइलाइफ’ ब्राण्डका खाद्य सामग्री पोखरासहित देशभरको बजारमा

आर्थिक आवाज

पोखरा, ८ जेठ । ‘हाइलाइफ’ ब्राण्डका खाद्य सामग्रीको पोखरामा बिक्री सुरुवात भएको छ । रुपन्देहीको नेपाल एभरेष्ट फुड एण्ड स्न्याक्स प्रालि, राइजिङ सन एग्रो प्रालि र हाइलाइफ फुड नेपाल प्रालिद्वारा उत्पादित हाइलाइफ ब्राण्डका खाद्य सामग्री पोखरा क्षेत्रमा बुधबार औपचारिक बिक्री सुरुवात गरिएको हो ।

हाइलाइफ ब्राण्डका कन्फ्लेक्स, चिउरा, सेयाविन, मल्टिग्रेन, वड्स, मुस्ली लगायतका खाद्य सामग्री पोखरा लगायत देशभरका बजारमा बिक्री सुरुवात भइसकेको उद्योगका निर्देशक पंकज ज्ञवालीले जानकारी दिए ।

jutta mela

हाइलाइफ ब्राण्डको पोखरा क्षेत्रको आधिकारिक बिक्रेता न्यु क्षितिज टे«डर्स हो । बिगत १५ वर्षदेखि कन्फ्लेक्स र ५ वर्षदेखि चिउरा उत्पादन गर्दै आइरहेको उद्योगले हाइलाइफ ब्राण्डलाई बजारमा ल्याएको हो । ‘गुणस्तरीय उत्पादन बजारमा ल्याउन सफल भएका छौं,’ ज्ञवालीले भने, ‘छोटो समयमा हाइलाइफ ब्राण्डबाट हामीले राम्रो प्रतिक्रिया पाएका छौं ।’ पोखरा भन्दा अगाडि काठमाडौं, नारायणगढ लगायतका शहरमा हाइलाइफको बिक्री शुभारम्भ भइसकेको छ । ‘देशभरका बजारमा यो ब्राण्ड पुग्ने क्रम जारी छ,’ उनले भने ।

नेपाली कञ्चा पदार्थलाई प्राथमिकतामा राखेर हाइलाइफ ब्राण्डका सामान उत्पादन गरिएको निर्देशक प्रशान्त घिमिरेले बताए । ‘गुणस्तरमा सम्झौता नगरी सामान उत्पादन गर्न हामी सफल छौं,’ उनले भने, ‘नेपाली धानबाट चिउरा र नेपाली सुद्ध मकै लगायत अन्य कच्चा पदार्थबाट खाद्य सामग्री उत्पादन गर्छौं ।’

उत्पादित सामानलाई हाइजेनिक राख्न मेटलिक पेपरले ¥यापिङ गरिएको बजार प्रवन्धक कपिल पनेरुले बताए । हाइलाइफ सामग्री उत्पादित उद्योगमा ३ सय जना भन्दा बढी कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । हाइलाइफ ब्राण्डका सामानले पोखरा क्षेत्रका ग्राहकको विश्वास जित्नेमा आफू विश्वस्त रहेको न्यु क्षितिज ट्रेडर्सका सञ्चालक हरिराज पन्तले बताए ।

You might also like

Comments are closed.