‘हात्ती लम्केसरह प्रदेश सरकार विकासमा लम्किरहेको छ’

आर्थिक आवाज
पोखरा । मादी गाउँपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विकास र समृद्धीको महान लक्ष्यमा अगाडि बढ्दा विकास बिरोधी बदमासहरु कालो झण्डा देखाउँदै कराइरहेको टिप्पणी गरे । उनले केन्द्रीकृत राज्यसत्तामा रहेर रजाईं गरिरहेकाहरुले अहिले जनताको घरदैलोमा सिंहदरबार आएर विकास गर्न खोज्दा छेक्नका लागि बाधा पु¥याउने कोशिष गरिरहेको आरोप लगाए ।

कांग्रेसको बिरोधलाई लक्षित गर्दै उनले भने, ‘कसैको बिरोधले केहि गर्दैन, कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्दैछ भनेजस्तै हात्ती लम्के सरह प्रदेश सरकार विकासमा लम्किरहेको छ ।’ उनले नेपालको शत्रु भनेको गरिबी, पछौटेपन भएको बताउँदै अब त्यो समाप्त पारिने बताए ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशमा अबको २ वर्षमा हरेक घरमा टुकी हटेर बिजुली बलिसक्ने दाबी गरे । उनले प्रदेशका सबै ठाउँमा एक घर, एक धारा पनि जोड्ने अभियान चलिरहेको भन्दै अबको केहि वर्षमै कसैले नदेखेको र नभोगेको विकास र समृद्धी गण्डकी प्रदेशमा आउने बताए । उनले पर्यटनबाटै समृद्धीमा पुग्ने र त्यसका लागि अहिले आन्तरिक पर्यटन वर्ष र आगामी वर्ष चीन र भारतमा गएर प्रचार गरेर त्यहाँको पर्यटक ल्याइने बताए । उनले पोखरालाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र बनाउने उद्घोष गर्दै त्यसका लागि प्रत्येक गाउँपालिकाको केन्द्र र चीन र भारतको नाकासँग पोखरालाई सडक सञ्जालले जोड्ने उद्घोष गरे ।

jutta mela

मुख्यमन्त्री गुरुङले पाखुरा बजाउने र जाँगर चलाउनेका लागि प्रदेश सरकारले प्रविधी र पुँजी अनुदानमा दिने बताए ।

प्रदेश सांसद मनबहादुर गुरुङले कांग्रेसले प्रजातन्त्रको नाममा बहुमत नस्किारेको गम्भीर आरोप लगाए । सच्चिएर आउन कांग्रेसलाई आग्रह गर्दै उनले भने,‘प्रजातन्त्रको मसिहा भन्ने अनि लोकतन्त्र नस्विकार्ने ? बहुमत नस्विकार्ने ? ।’ उनले विकास बिरोधी कांग्रेसलाई नेकपाले गरेको विकासले छटपटी भएको टिप्पणी गरे । उनले जनताले किनारा लगाएको हेक्का राख्न चेतावनी दिदै अबको ४ वर्ष नेकपाको सरकारलाई जनमतको कदर गर्दै काम गर्न दिन आग्रह गरे ।

सांसद गायत्री गुरुङले सत्ता नपाउँदाको छटपटी कांग्रेसले बिरोधमा पोखेको आरोप लगाईन् । उनले विकासमा हातेमालो गर्न कांग्रेसलाई सुझावसमेत दिईन् ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले बिकास बिरोधी कांग्रेसले बिकासमा कोशेढुंगा सावित हुने बजेट आएको देखेर बिरोध गरेको टिप्पणी गरे ।

मादीको सम्मान जगमानदेखि युकेशसम्मलाई
मादी गाउँपालिकाले बजेट सार्वजनिकीकरण कार्यक्रममा संस्कृतिविद् प्रा.डा.जगमान गुरुङदेखि प्याराग्लाइडिङका युकेश गुरुङहुँदै पत्रकार रोशनी गुरुङ सम्मलाई सम्मान गरेको छ । मादी गाउँपालिकाले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् प्रा.डा.जगमान गुरुङलाई मादी जन्मभूमि सम्मान अर्पण गरेको छ । सो सम्मान नगद ५० हजारसहित दोषल्ला र सम्मान पत्र रहेको छ । विशेष कारणले अनुपस्थित प्रा.डा.गुरुङलाई उनकै घरमा सम्मान पत्र लगेर सम्मान अर्पण गरिने मादी गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले बताए ।

त्यस्तै मादी गाउँपालिकाले एसियन गेममा रजत पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेका प्याराग्लाइडर युकेश गुरुङलाईपनि नगद ५० हजारसहित दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । १७ वर्षिय युकेश मादी गाउँपालिकाको ताङतिङका स्थायी बासिन्दा हुन् । उनी पोखरा स्पोर्टस् अवार्ड २०७५ र पल्सर स्पोर्टस अवार्ड २०७५ मा सर्बोत्कृष्ट वर्ष खेलाडी पुरुषको उपाधि जितेका थिए ।

त्यस्तै, मादी जन्मभूमि उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार रोशनी गुरुङ पुरस्कृत भइन् । सो अवसरमा कर्मचारी, समाजसेवी, कृषक, शिक्षक÷शिक्षिकालाई पनि सम्मान गरिएको थियो भने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै छात्रवृत्तिसमेत वितरण गरिएको थियो ।

You might also like

Comments are closed.