हाप्किडो सेमिनार माघ १२ गतेदेखि १४ गतेसम्म पोखरामा

पोखरा । पोखरामा माघको दोश्रो साता प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्ट्स हाप्किडो सेमिनार हुने भएको छ । नेपाल मार्सल आर्टस् हाप्किडो संघको आयोजनामा आगामी माघ ११ र १२ गते पोखरामा अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सेमिनार हुन लागेको हो ।

सेमिनारमा अमेरिकाका ग्राण्ड मास्टर हि क्वान्ली र सि.एन. पियर्सन, अष्ट्रियाका ग्राण्ड मास्टर गेरहार्ड अग्रीन्च, रसियाका ग्राण्ड मास्टर डेमिट मोमोट, दक्षिण कोरियाका ग्रान्ड मास्टर लियोनिट लीलगायतले प्रशिक्षण दिने विहीबार पोखरामा आयाजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो अवसरमा नेपालका मास्टर कालीबहादुर घर्ती र आठौं सागका स्वर्ण पदक विजेता बक्सिङका प्रकाश थापा मगरले पनि प्रशिक्षण दिने हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगर ‘वसन्त’ले बताए ।

सेमिनारमा करिब २० देशका ग्रान्ड मास्टर, मास्टरहरु, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६ सय जनाको सहभागिता रहने जनाइएको छ ।

पोखरामा आयोजना गरिने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन महत्वपूण भूमिका खेल्ने अध्यक्ष मगरले बताए । खेलाडीलाई अवसर प्रदान गर्न र हाप्किडो खेललाई अझ व्यापक बनाउने उद्धेश्यले सेमिनार आयोजना गरिएको उनले स्पष्ट पारे । मगरले पोखरामा करिब ३ सय जना हाप्किडोका खेलाडी रहेको जानकारी दिए ।

दक्षिण कोरियाबाट विकास भएको हाप्किडो मार्सल आर्टस्को मिक्स खेल हो । मगरका अनुसार आत्मरक्षा र सामाजिक अनुशासनका लागि महत्वपूर्ण मानिने यो खेलमा नेपालका करिब १० हजार खेलाडी रहेको मगरले बताए । सेमिनार गर्न करिब ४० लाख खर्च लाग्ने संघका केन्द्रीय सदस्य सुवर्ण बिसीले जानकारी दिए ।

You might also like

Comments are closed.