यदु अधिकारी
मर्दी मुहान आसपासको समुदायमा सार्वजनिक शौचालय र शब दहन गृह निर्माणले सरोकारवाला बासिन्दा यो कार्यक्रमबाट प्रत्यक्ष लाभाविन्त भएका छन् । जसलाई हामीले पुरा गरी सकेका छौं । सिदिङ, सैदिघट्टा, खोरामुख, मर्दी सेती दोभान, सेती दोभान र लस्तीघाट गरी ६ वटा सवदहनगृह मार्फत १२ वटा शौचालय, ६ वटा ट्रस १२ वटा ओदान निर्माण गरी सामुदायलाई हस्तारण गरी सकिएको छ ।
पहिलो पटक वि.सं. १९७६ सालमा बालधाराको पानीलाई पाइपलाइनबाट वितरण गर्न शुरु गरिएको पोखरामा वि.सं. २०२१ सालमा भोटी खोला परियोजना, २०३५ मा कालीखोला र २०४४ सालबाट मर्दी खोलालाई खानेपानी स्रोतका रुपमा प्रयोग गरिदै आएको देखिन्छ । वि.सं. २०२९ सालमा सरकारी तवरबाट पानी गोशराका रुपमा स्थापित भएर खानेपानी वितरणको व्यवस्थित विकासमा लागेको पानी अड्डा वि.सं. २०४६ कात्तिक ११ गते नेपाल खानेपानी संस्थानका रुपमा स्थापित भयो । शहरीकरणसँगै, बसाइसराई र बढ्दो जनसंख्याका कारण पोखरामा अहिले झण्डै ४ लाख जनसंख्या पुगिसकेको छ, ५ प्रतिशतका दरले जनसंख्या वृद्धि भइरहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । वि.सं. २०१६ सालमा पोखरा नगरपालिका भई वि.सं.२०५२ सालमा पोखरा उप–महानगरपालिका हुँदै हाल सालै मात्र पोखरा महानगरपालिकामा रुपान्तरण भइसकेको छ । मौजुदा १८ वटा वडा नयाँ थपिएका १५ वडा सहित हाल पोखरा महानगरपालिका भित्र ३३ वटा वडा छन् । करिब ३ लाख ५५ हजार ३ सय ५७ परिवार र पोखरा घुम्न आउने करिब ३ लाख पर्यटकलाई स्वच्छ खानेपानीको आवश्यक छ । भौगोलिक बनावटका आधारमा सबै वडाहरुको अवस्था समान छैन, पहाड, खोंच, मैदान र भिरालो भूगोलले पानी वितरणमा असमानता देखिएको छ ।
प्रत्येक दिन एक जना मानिसलाई ४५ लिटर पानी आवश्यक पर्छ, जसमा ३ लिटर पिउनका लागि अपरिहार्य मानिन्छ । पोखराको जनसंख्या र पानीको मागलाई हेर्दा दैनिक ६ करोड ५० लाख लिटर पानी आवश्यक छ । सुख्खा याममा मर्दी खोलाबाट ४ करोड ५० लाख लिटर पानी आपूर्ति हुन्छ भने नेपाल खानेपानी संस्थानसँग ५ करोड लिटर पानी भण्डार गर्ने क्षमता छ । दैनिक २ करोड लिटर पानी पोखरालाई अभाव भइरहेको छ । करिब ४ सय ५० कि.मी. पाइप लाइन विस्तार गरिएको छ । हरेक वर्ष करिब ३ हजार मिटर पाइप लाइन विस्तारको माग भइरहेको छ । पोखरामा ३४ हजार ८९९ धारा जडित छन् जसमध्य ४ सय ३९ धारा मिटर रहित छन् । ३ सय ९८ सरकारी धारा अन्तर्गत १८९ वटा मिटर छैन् । जम्मा २ वटा सार्वजनिक धारा र ५ वटा इनारप्रयोगमा रहेको छन् ।
पोखरा आफैमा पानीको चरित्र भएको शहर हो । नेपालको चेरापुञ्जी भनेर चिनिने पोखरामा हिमाल, ताल, नदी, खोला, झरना, दह, कुण्ड, पोखरी, इनार र बोरिङ जलस्रोतका रुपमा रहेका छन् । खानेपानीका रुपमा निम्न स्रोतहरु मौजुदा अवस्थामा छन्ः
बाल धारा
भोटी खोला
काली मुढा
माझा कुना
घट्टे खोला
मर्दी खोला (४ करोड ५० लाख लिटर)
माथि उल्लेखित स्रोत मध्ये मर्दी खोला प्रमुख स्रोत हो । झण्डै ९० प्रतिशत हिस्या मर्दी मुहानले ओगटेको छ । यिनै उपलब्ध स्रोतबाट आएको पानीलाई विन्ध्यवासिनी, लामाचौर अमला बिसाउनी, माटे पानी र बाल धारामा ट्याङ्की राखी वितरण प्रक्रियालाई व्यवस्थित बनाउने काम गरिएको भए पनि पोखराको खानेपानी उपचार नगरी केवल सामान्य थेग्ग्राउने र क्लोरिन मात्रै प्रयोग गरेर धारामा पठाउने गरिएको छ । नेपाल खानेपानी संस्थान पोखरा शाखाले पोखरा नगरबासीबाट वार्षिक रुपमा करिब २५ करोड नेट प्रोफिट उठाएर संघीय सरकारलाई पठाउने गर्दछ । जुन नेपालमै सबैभन्दा राम्रो आय स्रोतको रुपमा लिने गरिन्छ । पानीको चुवावट करिब ५६ प्रतिशत रहेको अवस्थामा यसलाई नियन्त्रण गर्ने हो भने करिब ५० करोड नेट प्रोफिट बचाउन सकिने नेपाल खानेपानी संस्थान पोखरा शाखाको तथ्याङ्क छ । तर पोखरेली नागरिकले खानेपानीको नाममा वर्षात याममा हिलो र लेदो पानी प्रयोग गर्न बाध्य छन् ।
विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० को तथ्याङ्क अनुसार ८० प्रतिशत भन्दा बढी रोग प्रदुषित र संक्रमित हुँदा लागेको पाइन्छ । सफा र शुद्ध खानेपानी पाउने नागरिकको अधिकार हो भने सहज उपलब्ध गराउनु राज्यको दायित्व पनि हो । नागरिकस्तरमा प्रत्यक्ष सम्बन्ध रहेको हुँदा शुद्ध खाने पानीको लागि सरकार, गैर सरकारी र सार्वजनिक क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुको विकल्प देखिदैन् । पोखराको खानेपानीको प्रमुख स्रोत मर्दीलाई संरक्षण, संवद्र्धनका साथै सरसफाई सहित वितरण सुधार गर्न नितान्त आवश्यक भइसकेको छ । ९८ वर्ष पुराना पाइपहरु हटाएर व्यवस्थित रुपमा नयाँ पाइप राख्नु आवश्यक देखिन्छ । पानी उपचार गर्ने ट्रिटमेण्ट प्लाण्ट बनाई खानेपानी भण्डारणको क्षमता वृद्धि गर्नुपर्नेछ । गुणस्तरीय खानेपानी वितरणका लागि वितरण प्रणालीलाई चुस्त दुरुस्त बनाउनु पर्ने छ ।
हाल मर्दी खोलाबाट सिधै पाइप लाइनमार्फत पोखरामा वितरण भइरहेको खानेपानी अशुद्ध र प्रदूषित मानिएको छ । मुहान आसपासमा माछापुच्छ«े गाउँपालिकाका ९ वटा वडा मध्ये ६ वटा वडाहरु धिताल, धम्पुस, ल्वाङ, घलेल, रिभान र लाहाचोक क्रमशः ६, ७, ८, ९, ५, ४ वडाहरु पर्दछन् । यी वडाहरुमा घनावस्तीहरु थपिने क्रम जारी छ । वस्तीबाट निस्केको सम्पूर्ण फोहोर वर्षात बगेर मर्दी मुहान जाने पुग्ने गर्दछ । फोहोर मैलालाई उचित व्यवस्थापन गरी, सार्वजनिक शौचालय, कपडा धुने ठाउँ, शव दहन गृह बनाएर खानेपानी शुद्धीकरण गरी नगरबासीलाई सफा र स्वस्थ्यकर पानी उपलब्ध गराउने लक्ष्य हुनुपर्दछ ।
मर्दीको मुहान आसपासको समुदाय र पोखरा महानगरपालिकाका बासिन्दा यो कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । पोखरा महानगरपालिकाका विभिन्न वडाका झण्डै ३५ हजार धारामा स्वच्छ र सफा खानेपानी आपूर्ति हुँदा पोखरेली बासिन्दाको सफा पानीमा पहुँच पुग्ने छ । मर्दी मुहान आसपासको समुदायमा सार्वजनिक शौचालय र शब दहन गृह निर्माणले सरोकारवाला बासिन्दा यो कार्यक्रमबाट प्रत्यक्ष लाभाविन्त भएका छन् । जसलाई हामीले पुरा गरी सकेका छौं । सिदिङ, सैदिघट्टा, खोरामुख, मर्दी सेती दोभान, सेती दोभान र लस्तीघाट गरी ६ वटा सवदहनगृह मार्फत १२ वटा शौचालय, ६ वटा ट्रस १२ वटा ओदान निर्माण गरी सामुदायलाई हस्तारण गरी सकिएको छ ।
पोखरामा आपूर्ति भइरहेको खानेपानीको मुहान मर्दी खोला आसापासमा जथाभावी फोहोर मैला फाल्ने, व्यावसायिक माछापालन गर्ने, खुला रुपमा दिशापिशाब गर्ने, कपडा धुने, पौडी खेल्ने, सवारी साधन गुडाउने र धुने कार्यले पानी प्रदूषित र संक्रमित बनेको छ ।
अझ अर्को समस्या खेतबारीमा प्रयोग गरिने ९ँभचतष्ष्शिभच० गेडे मल, युरीया मल पग्लेर मर्दी खोलामा पुगेर मुहान प्रदुषित र संक्रमित हुन पुगेको छ । जसलाई सामान्य ट्रिटमेन्टबाट हटाउन कठिन पर्दछ । ४ करोड ५ लाख लिटर पानीलाई त झनै सकिने कुरै भएन ।
जाइकाबाट ट्रिटमेन्ट प्लान्ट शुरुवात भएको छ । मुहान भन्दा तल मात्र लक्षित छ । जसको समय अवाधि १० वर्षे लाग्ने अनुमान गर्न सकिन्छ ।
मर्दी (मुहान) खोलामा हाल २ वटा हाइड्रोपावर प्रोजेक्ट छ । मर्दी इदी हाइड्रोपावर (७.५ मेघावाट) गण्डकी हाइड्रो पावर (४.५ मेघावाट) रहेको छ । मर्दी हिमालको करिब करिब नजिकबाट मर्दी इर्दी हाइड्रोपावरले डेम बनाई पानीलाई पाइप मार्फत इदी मर्दी हाइड्रोपावरको पावर हाउस हुँदै गण्डकी पावर हाउसमा खसालिएको अवस्था छ । जुन ल्वाङघलेल लुम्रेमा पर्दछ ।
हिमालबाट हाइड्रोपावर लुम्रेमा खसालिएको पानी र पाउँ खोला जुन क्यानोनिङले प्रख्यात छ । यो दुवै ठाउँको मिलाएर सोही ठाउँलाई मुहान बनाई पानी ल्याउन सक्यौ भने सिधैं पोखरेली नागरिकले मर्दी हिमालबाट बगेको शुद्ध सफा पानी पिउन पाउने र माछापुच्छ«े गाउँपालिकाको ६ वटा वडाको फोहर समेत नपर्ने कुनै विषादी फोहर मैला नपर्ने हुन्छ ।
यसर्थ
अबको लक्ष्य भनेको मर्दी मुहानलाई हाल भइरहेको स्थानबाट करिब ४ कि.मी. पर लुम्रे पाउँ खोला र मर्दी दोभान आसपास सार्दा मुहान सुरक्षित हुन सक्ने भएकाले अब यसतर्फ बहस चलाउन आवश्यक छ ।
(लेखकः पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा पोखराको खानेपानी मर्दीमुहान शुद्धीकरण परियोजनाका संयोजक हुन् ।)
प्रतिक्रियाका लागि Email: yaduadhikari21@gmail.com
Comments are closed.