हुन्डाई कोना इलेक्ट्रिक एसयूभी लन्च (विशेषतासहित)

काठमाडौं । हुन्डाई मोटर्सले भारतीय बजारमा हुन्डाई कोना इलेक्ट्रिक एसयूभी लन्च गरेको छ । यसको मूल्य २५ लाख ३० हजार भारु तोकिएको छ । हुन्डाई कोनाको भारतीय बजारमा पहिलेदेखि नै निकै प्रतीक्षा भइरहेको थियो । यसलाई एक पटक फुल चार्ज गर्दा ४ सय ५२ किलोमिटर चलाउन सकिन्छ । इलेक्ट्रिक गाडीका लागि यो निकै नै राम्रो रेन्ज हो ।

लुक
हुन्डाई कोनाको इलेक्ट्रिक भेरिएन्ट हेर्दा धेरै हद सम्म यसको पेट्रोल डिजेल भेरिएन्ट जस्तै छ । यसमा १७ इन्चको अलोय ह्विल, अटोमेटिक हेडलाइट, एलईडी टेललाइट, प्लाष्टिक बडी क्लयाडिङ र रुफ रेल्स उपलब्ध छ । यो ह्वाइट, सिल्भर, ब्लु र ब्ल्याक गरी चार कलर अप्सनमा उपलब्ध हुनेछ । त्यसैगरी अर्को कलर अप्सन ह्वाइटका साथ ब्ल्याक रुफ पनि छ । यसका लागि थप २० हजार भारु तिर्नु पर्नेछ ।

इन्टेरियर र फिचर्स
यसको इन्टेरियर ब्ल्याक कलरमा उपलब्ध छ । यसमा १०–वे एड्जस्टेबल ड्राइभर सिट, फ्रन्ट भेन्टिलेटेड र हिटेड सिट, लेदर फिनिसिङ स्टेयरिङ ह्विल, वायरलेस फोन चार्जर तथा एन्ड्रोइड र एप्पल कारप्लेका साथ ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम जस्ता फिचर उपलब्ध छन् ।

त्यसैगरी सो इलेक्ट्रिक एसयूभीमा इलेक्ट्रिक सनरुफ, पावर विन्डो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्ट की र पुश बटन स्टार्ट जस्ता अन्य फिचर पनि उपलब्ध छन् ।

पावर
भारतीय बजारमा उपलब्ध कोना इलेक्ट्रिकमा ३९।२ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । यसका साथमा उपलब्ध इलेक्ट्रिक मोटरले १३६ एचपी पावर र ३९५ एनएम पिक टर्क जेनेरेट गर्छ । यसमा इको, इको प्लस, कम्फर्ट र स्पोर्ट गरी चार ड्राइभिङ मोड उपलब्ध छ । कम्पनीका अनुसार यसले ९।७ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

सेफ्टी
सो गाडीमा दमदार सेफ्टी फिचर समेत उपलब्ध छ । यसमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिष्ट, गाइड लाइन्सका साथ रियर क्यामेरा र टायर प्रेसर मोनिटरिङ जस्ता फिचर उपलब्ध छन् ।

चार्जिङ समय
हुन्डाई कोना इलेक्ट्रिकलाई एसी लेवल २ चार्जरबाट ६ घण्टा १० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जरबाट यसलाई ५७ मिनेटमा ८० प्रतिशत चार्ज हुन सक्छ ।

नेपाली बजारमा भने हुन्डाई कोना इलेक्ट्रिक एसयूभी गत माघ महिनामै भित्रिसकेको छ । यसको मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

You might also like

Comments are closed.