हुन्डाई भेन्युको विशेष रेकर्ड, ७५ हजार युनिट बुकिङ

काठमाडौं । हुन्डाईको लोकप्रिय कार भेन्युले ५ महिनाको अवधिमा विशेष रेकर्ड कायम गरेको छ । यो अवधिमा सो गाडी ७५ हजार युनिट बुकिङ भएको छ भने ४२ हजार ६८१ ग्राहक बनेका छन् । यी मध्ये ५० प्रतिशतले भेन्युको ब्लुलिंक प्रविधियुक्त भेरिएन्ट रोजेको कम्पनीले जनाएको छ ।

कम्प्याक्ट एसयूभी सेगमेन्टमा हुन्डाई भेन्युले यो अवधिमा सबैलाई उछिनेर पहिलो नम्बरमा पर्न सफल भएको छ । यसले मारुतीको ब्रेजालाई समेत पछि पारेको छ । भेन्युले मे देखि सेप्टेम्बरसम्म ४२ हजार ६८१ युनिट बिक्री भएको छ भने ब्रेजा ४० हजार ४२५ । त्यसैगरी महिन्द्रा एक्सयूभी ३०० तेस्रो, टाटा नेक्सन चौथो र फोर्ड इकोस्पोर्ट पाँचौ नम्बरमा पर्न सफल भएका छन् । यी गाडी क्रमशः करिव १९ हजार, १७ हजार र १६ हजार युनिट बिक्री भएका छन् ।

भेन्यूमा ८ इन्च टचस्क्रिनसहित उत्कृष्ट ड्यासबोर्ड रहेको छ । कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ । तर, पछाडि बस्ने मानिस अग्लो भएमा स्पेश कम पर्ने बताइएको छ ।

jutta mela

हुन्डाई भेन्यू टप स्पेकको रुपमा क्रुज कन्ट्रोल, सनरुफ, वायरलेस चार्जिङ, रेयर एसी भेन्ट, पार्किङ क्यामरालगायत विशेषता रहेका छन् । त्यस्तै भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् । नेपाली बजारमा पनि हुन्डाई भेन्यु उपलब्ध छ । यसको मूल्य ३४ लाख ९६ हजार रुपैयाँबाट प्रारम्भ हुन्छ ।

You might also like

Comments are closed.