काठमाडौं । हुन्डाईको सबैभन्दा लोकप्रिय इन्ट्री लेवल ह्याचब्याक किन्न चाहनेहरुले पहिलो वर्ष मासिक ८ हजार ४२७ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ ।
नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हाल उपलब्ध गराइरहेको स्किम अन्तर्गत यो अफर प्राप्त गर्न सकिन्छ । अफर अन्तर्गत अन्य कुराका अतिरिक्त पहिलो वर्षको ५० प्रतिशत किस्ता कम्पनी आफैले तिरिदिने भएको छ ।
हुन्डाई स्यान्ट्रोका विभिन्न ५ मोडल नेपाली बजारमा उपलब्ध छन् । यी मध्ये सबैभन्दा सस्तो मोडलको मूल्य २३ लाख ९६ हजार रुपैयाँ छ भने महंगो मोडलको मूल्य ३१ लाख ५६ हजार रुपैयाँ छ ।
सस्तो मोडलको हुन्डाई स्यान्ट्रो किन्न चाहने ग्राहकलाई यसको मूल्यबाट फेरि १ लाख रुपैयाँ छुट उपलब्ध हुन्छ । यस अनुसार बाँकी २२ लाख ९६ हजार रुपैयाँ मूल्य मध्ये नियम अनुसार शुरुमा ५० प्रतिशत डाउन पेमेन्ट अर्थात ११ लाख ४८ हजार रुपैयाँ बुझाउनु पर्छ ।
बाँकी ११ लाख ४८ हजार रुपैयाँलाई न्यूनतम १०.२२ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध हुन्छ । ग्राहकले यो रकम ८ वर्षसम्म मासिक किस्ताको रुपमा तिर्नुपर्छ । यसरी तिर्दा मासिक रुपमा १६ हजार ८५४ रुपैयाँको दरले तिर्नुपर्छ ।
तर लक्ष्मी इन्टरकन्टिनेन्टलले पहिलो वर्षको ५० प्रतिशत किस्ता आफैले तिरिदिने भएकाले पहिलो वर्ष मासिक रुपमा ८ हजार ४२७ रुपैयाँ तिर्न सकिन्छ ।
ग्राहकहरुका लागि यस विशेष प्याकेज अन्तर्गत हुन्डाई गाडीको खरिद गर्दा पहिलो वर्षको मासिक बैंक किस्तामा लक्ष्मी हुन्डाईले ५० प्रतिशतको साथ दिनेछ । यसका साथै ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, निःशुल्क सडक कर (आ.व.७७÷७८) का साथै स्पट एक्सचेन्ज र सरल फाइनान्सको पनि फाइदा लिन सक्नेछन् ।






Comments are closed.