होटल सञ्चालकलाई खाद्य स्वच्छता तालिम

तनहुँ, ८ बैशाख
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, तनहुँले होटल, रेष्टुरेन्ट तथा क्यान्टीन सञ्चालहरुलाई २ दिने खाद्य स्वच्छता सम्बन्धि तालिम दिएको छ ।

“खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता”भन्ने नाराका साथ एघारौं खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य पदार्थको स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको डिभिजन कार्यालय दमौली, तनहुँका प्रमुख शिवजी बरालले जानकारी दिए ।

कार्यक्रममा कार्यालयका प्रमुख बरालले स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । होटलमा प्रयोग गरिएका डस्टविनलाई विर्को लगाउन, भेज र ननभेजलाई छुटाछुट्टै सामग्री प्रयोग गर्न र भेजलाई हरियो र ननभेजलाई रातो चपिङ बोर्ड प्रयोग गर्न उनले आग्रह गरे ।

jutta mela

तालिमको समापनमा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गरिआएका कामहरुलाई केही परिमार्जन गरे मात्रपनि धेरै पक्षहरु सुधार हुने बताए ।  सामन्य असावधानिले पनि स्वच्छ उपभोग्य वस्तु उपभोग गर्न पाउने अधिकारबाट जनता बञ्चित हुनुपर्ने चर्चा गर्दै पौडेलले होटलको बाहिरी आवरणलाई भन्दा गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरे । ‘हामी बढी काउन्टरको विज्ञापन गछौँ, बाहिरी आवरणको भन्दा किचनमा लगानी बढाउनु पर्छ ’उनले भने ।

कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठ, होटल संघ तनहुँका सचिव दुर्गाविलास भट्टराई लगायतले कतिपय अवस्थामा सामन्य ज्ञान नभएका कारणले सानातिना कमीकमजोरी हुदै आएकोमा स्वच्छता सम्बन्धि तालिम निकै फलदायी भएको बताए । साथै सिकेका कुराहरुलाई क्रमिक रुपमा व्यवहारमा उतार्ने उनीहरुले प्रतिवद्धता व्यक्त गरे ।

तालिम अवधिभर खाद्य गुणस्तर, खाद्य स्वच्छता नहुदाँका परिणामहरु, खाद्य स्वच्छताका मन्त्रहरु, सरसफाइ, पकाउने तरिका, पकाउने तरिका , पाकेको र काँचो वस्तु भण्डारणको तरिका, सुरक्षित तापक्रम , सफा पानीको प्रयोग, बेच्न मनाही गरिएका वस्तुहरु लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

संयुक्त राष्ट्र संघीय महासभाले सन् २०१९ देखि हरेक वर्षको जुन महिनाको ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाउने निर्णय गरेको थियो ।

You might also like

Comments are closed.