किन महाविपत्ती आइलाग्यो ? कोरोना प्रभाव र हाम्रो दायित्व

होमनाथ तिमिल्सिना

कोरोना भाइरस (कोभिड–१९) हाल विश्वभर महामारीका रुपमा फैलिएको छ । विश्वका शक्तिशाली मानिने देशहरु, सम्पन्न देशहरु सबैले आफ्नोआफ्नो तर्फबाट कोरोनासंग जुध्न सक्दो प्रयत्न गरिरहेका छन्न् तर सकेका छैनन् । कोरोना संक्रमणलाई तेस्रो विश्व युद्ध, कोरोनासंग युद्ध जस्ता नाम दिएर रोकथामका प्रयास भइरहेको छ । विश्वको आर्थिक, सामाजिक, राजनैतिक, धार्मिक हरेक क्षेत्रको विकासमा यसले ठूलो प्रभाव पारेको छ ।

समाजमा दुई वर्गका मानिस छन् । एक हुने खाने र अर्को हुँदा खाने । दुवै प्रकारका मानिसको जीवनशैली यतिबेला प्रभावित छन् । हुने खाने आफ्नै घरमा बन्दी स्वरुप बसिरहेका छन् भने हुँदा खाने खाद्यान्नको जोहो गर्न लागिपरेका छन् र सरकार तथा हुने खानेका मुख ताकेर बसेका छन् । घर भएकाहरु घर भित्र छन् तर घर नै नभएकाको जीवन झनै कष्टकर छ । धेरै सम्पन देशको आर्थिक मन्दी, उत्पादकत्व जस्ता कुरा गरिरहेको छ भने गरिब, अल्पविकसित, नेपाल जस्ता देश आफ्नै भार थेग्न नसक्ने अवस्थामा छ । खाद्यान्न, औषधी बाहेकका पसल खुलेका छैनन् । सारा संसार ठप्प छ । कोरोनालाई ख्याल ख्याल सम्झेको अमेरिकाले माक्स लगाउन बन्देज ग¥यो, देशको सबै कार्य सञ्चालन गर्यो । जब २०/२२ हजार जनताको लासको थुप्रो भएपछि मात्र ख्याल भयो यो मानव निर्मित संकट होइन प्राकृतिक संकट हो भनेर ।

यसको प्रभावलाई ठुला र शक्तिशाली मानिने देशले जनताको पक्षमा उनीहरुले गरेको प्रयास र वास्तविक संकटको बेला के नै गर्न सकिन्छ र भन्ने कुरालाई यथार्थतामा बदलेर राखेको छ । खल्तिमा भएको पैसा दुःखमा काम आउँछ, खुपडीमा भएको ज्ञान आपतविपतमा काम आउँछ । कोरोना बिपत्तिसंगको लडाईंमा यो नै धेरै महत्वको वाक्यांश बनेको छ । धेरैधेरै धनी देशले पनि नागरिकको जीवन रक्षा गर्न सकेका छैन्न् । खुपडीमा ज्ञान भएकाहरुको मनोबल उच्च भएको र तिनीहरुलाई रोगको प्रभाव कम रहेको पाइएको छ । त्यो शक्तिको के काम जुन बास्तविक संकटको बेला प्रयोगमा नआओस् । हो यस्तो नै साबित भएको छ ।

संसार हाल चरम विभेदकारी बनिरहेको छ । कहीँ धनि र गरिबको नाममा, कहि कालो र गोरोको नाममा, कही सम्पन्नता र विपन्नताको, कही धर्मको नाममा, कहि जातको नाममा, कही वर्ण र सम्प्रदायको नाममा, कही राजनीतिक मतको आधारमा संसार विभिन्न चिरामा विभक्त छ । हो यही विभेद हुनुहुन्न भन्ने कुराको लागि एउटा सुन्दर सन्देश लिएर आएको रहेछ यो महासंकटले । यो संकट सकिन कति समय लाग्ने हो कसैलाई थाहा छैन् । अब भोग्नुको विकल्प छैन् र अब पनि हामी यो संकटबाट केही कुरा नसिकी रहने हो भने संसारकै चेतनशीत प्राणि भएको केही अर्थ रहने छैन ।

 

किन यस्तो महा विपत्ती आइलाग्यो यो संसारमा ?

वैज्ञानिक आविस्कारको नाममा हामीले भौतिक जीवनलाई महत्व मान्दै आध्यात्मिक तथा प्राकृतिक जीवनलाई वेवास्ता गर्दै रह्यौं । हामी ईन्द्रीय सुखको जालमा फस्यौं, त्यसको परिणाम स्वरुप आज हामी यो अवस्थामा आइपुगेका छौं । विभिन्न आविस्कारको नाममा विभिन्न किसिमको रोगको आविष्कार गर्यौं । मानिसले बनाएको नियमलाई महत्व दियौं । तर, यो सृष्टिको नियमलाई वास्ता गरेनौं । तपाईं हामीले बनाएको नियमलाई पालना गरेनौं भने कारबाही गर्न सक्छौं । यति सुन्दर कल्पना र सृष्टि गर्न सक्ने प्रकृतिलाई हामीले केही गर्न सक्दैन भन्ने सोचिरहेको त हैनौं ? आज हामीलाई यसकै फल प्राप्त भइरहेको छ । कोही मानिस सडकम भोकै छ त्यो उसको कर्मको कारणले होइन, तपाईंको मानवीयताको परीक्षा लिन आएको व्यक्ति हो । याद गरौं आफ्नो कर्मको फल आफूले नै भोग्ने हो । तर, परीक्षामा पास र फेल परीक्षा लिने व्यक्ति होइन परीक्षा दिने व्यक्ति हुन्छ । हो अहिलेको परिस्थिति पनि मानवीयताको परीक्षा लिन र प्राकृतिक नियमलाई पालना गराउन र हामी मानिसलाई सजगता गराउन आएको महसुस भएको छ ।

होमनाथ तिमिल्सिना

हामी वैज्ञानिक आविस्कार र आफूलाई सहज बनाउने सोचमा प्रकृति माथि अन्याय गरेको छौं । एउटा सुन्दर फूललाई बगैंचामा/धर्तीमा नरोपेर गमलामा रोप्छौं । हुन त माटोमा नै हुन्छ तर त्यसलाई सहज हुन्न । उकुस र मुकुस हुन्छ । सायद यस्तै हुन्छ होला अहिले मानिसलाई । हामी त त्यही पनि केही समय केही न केही जुटाउने निउमा बाहिर निस्कन्छौं । तर, गमलाको फूल त्यहि समाप्त हुनुपर्दछ । जाडोबाट बाच्नको लागि हिटर बनायौं, गर्मीबाट बाँच्नको लागि ए.सि. बनायौं । आफ्नै स्वाभावले दुस्मन पनि बनायौं र दुस्मनबाट बाच्नको लागि अत्याधुनिक हतियार बनायौं । यसले मानवसँगसँगै प्रकृतिलाई पनि अधिक विनास गराएको छ । वैज्ञानिक आविष्कारले मानिसको भौतिक सुखलाई त बढाएको छ । तर, प्रकृतिको अनुपम स्पर्शबाट मुक्त गराएको छ । सुख, शान्ति र आन्नदको बाटो नै बन्द गराएको छ । केही व्यक्तिको संग्रहले धेरै व्यक्ति प्राप्त हुनबाट बञ्चित हुनु परेकोछ । यसलाई महसुस गर्नु नै प्रकृतिको सन्देश छ । आज यो संसारमा जे आविस्कार भएको छ, त्यो प्रकृतिलाई नै देखेर त्यसको परिस्कृत रुपमा विकास भएको छ । चरालाई देखेर हवाई जहाज बन्यो, काठ पानीमा नडुबेको कारण पानी जहाज बन्यो । रुखबाट स्याउ झरेपछि गुरुत्वआकर्षण पत्ता लाग्यो । आज हामी नै प्रकृतिलाई चुनौति दिइरहेको छौं ।

 

अब के गर्ने ?

हालसम्म कोरोना भाइरसको निर्मुलको लागि कुनैपनि औषधी बनेको छैन । यसलाई सामाजिक दुरि कायम राखी संक्रमितको खोजी गरी निश्चित समयसम्म क्वारेन्टाइनमा राख्ने नै हो । गाउँमा घरहरु टाढा हुन्छन् तर मनहरु जोडिएका हुन्छन् भन्ने गरेको उखानलाई आत्मसाथ गर्ने र शहरमा पनि सामाजिक दुरि कायम राखी आत्मियता, भावनात्मकता, मानवीयतालाई उजागर गरौं । हामीसंग Medicine मात्र नभएको हो meditation गर्न सक्छौं । ‘आप्पो दोप्पो भवः’ भगवान वुद्धको भावनालाई आत्मसाथ गर्ने, know thy self, जिजसलाई स्मरण गर्ने सद् संकल्प गरिरहने आफ्नो भविष्यको, लकडाउन पछिको योजना तयार गर्ने । राम्राराम्रा पुस्तक पढ्ने, आफ्नो परिवारलाई उपयुक्त, प्रयाप्त समय दिने, आफ्नो छोरा छोरीलाई संस्कार सिकाउने, आमा बाबालाई प्रविधिमैत्री बन्न सिकाउने, सामाजिक संजालको सही सदुपयोग गर्ने । आफ्नो घरबारीमा तरकारी रोप्ने, आमा बाबालाई तेल लगाइदिने नुहाइदिने, मालिस गरिदिने, कपालमा कालो राखीदिने, नङ काटिदिने, आमा बाबाको कहानी सुन्ने र बच्चालाई पनि सुनाउने, कथा, कविता, लेख रचना गर्ने । ध्यान योगको अभ्यास गर्ने शरिरलाई व्यवस्थित बनाउन व्यायाम गर्ने । गुगोल, युटुबबाट विभिन्न भाषा ज्ञान लिने, नयाँनयाँ कुरा सोच्ने । यो विसम् परिस्थितिलाई दुई किसिमबाट बाच्न सकिन्छ । एउटा वाउ जुन जित्नेहरुले गर्छन्, अर्को छ्या जुन हार्नेहरुले गर्छन् । यो सृष्टिकै रचनात्मक प्राणि भएको कारण हामीले हार्ने कुरा नै हुँदैन । हामी जित्न जन्मेकाहरुले यो lock  लाई Luck बदल्न सक्नुपर्दछ । हामी सुतेर बस्ने होइन जुधेर अगाडि बढ्नुपर्छ । हामी हार्ने होइन हराउने हो । हामी कमजोर बन्ने होइन कमजोर बनाउने हो । हामी यो कोरोनासंग लड्ने होइन लडाउने हो । हामी भित्रको आत्मबललाई सदाको लागि उच्च बनाइरहने हो । यसको लागि मात्र हामीलाई बल चाहिएको छ आत्मबल चाहिएको छ । हो यसको विकास गर्ने हो । नेपाल सरकारको कोरोना रोकथामको निर्देशनलाई पालना गर्ने, आफ्नो घर वरपरको मान्छेलाई कोही खान नपाएको छ भने तिनीहरुलाई खानाको प्रबन्ध मिलाई मानव हुनुको कर्तव्य पालना गर्ने । यस बेला मानवीयता दर्शाउने र मानव हुनुको कारण खोज्ने हो । जसले संकटको बेला जीवनलाई समाल्नेले नै जीवन बुझेको हुन्छ । हामी समालिएर सरकारलाई सहयोग गर्ने हो ।

नेपाल सरकारले के गर्न सक्छ यो संकटमा ?

नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ मा कुल १३ खर्ब २१ अर्ब ४२ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । ‘बजेट भन्दा ठुलो व्यापार घाटा’ शीर्षकमा नयाँ पत्रिकामा २०७६ साउन २१ मंगलबार समाचार प्रकाशित छ । यसलाई मध्यनजर गर्ने हो भने यस वर्ष यो धेरै बढ्ने सम्भावना छ । यसलाई ध्यानमा राख्ने र यो महाविपत्तिलाई सरकारको व्यापारमा आवाद हुने सुनौलो अवसरको रुपमा विकास गर्न सकिन्छ । यस कोरोनाको संक्रमणको सहयोग लिएर आफूमा आत्मनिर्भर हुनसक्छ ।

१) तरकारी, मासु, मादक पदार्थको आयातमा रोक लगाउने । हाल नेपालमा कोरोना संक्रमण भारतबाट आएकाहरुमा धेरै देखिएको छ । यसलाई मध्यनजर गरी यी वस्तुहरुको आयातमा रोक लगाउने र लकडाउनले खाली बसेका युवालाई यो क्षेत्रको उत्पादनमा लगाउने । प्रत्येक व्यक्तिले आफ्नो लागी उत्पादन गर्न सक्ने तरकारीमा उत्पादन गर्ने । मादक पदार्थलाई पूर्ण रुपमा बन्देज गर्ने । यसले ठूलो व्यापार घाटा हुनबाट जोगाउछ । मासुजन्य पदार्थ निर्यात तथा बिक्री वितरणलाई विश्व स्वास्थ्य संगठनले नै रोक लगाएको छ त्यसलाई आत्मासाथ गर्न सकिन्छ ।

२) सरकारले रेल र जहाजको सपना देखाउनु भन्दा पहिला भोक मेटाउने र रोजगारको श्रृजना गर्नुपर्छ । मानिस अहिले खानाको भोको छ । उसलाई अरु केही पनि चाहिएको छैन यसलाई मध्यनजर गरी गरिबको भोक मेटाउने गरी खाद्यान्नको व्यवस्थापन तथा वितरण गर्ने । गाउँगाउँमा स्वास्थ्य संस्थाको निर्माण गर्ने । देशमा आविस्कार केन्द्रको स्थापन गर्ने र बिजुलीको उत्पाउन र त्यसको प्रयोग गर्न सकिने साधनको विकास गर्ने । विदेशबाट आयात हुने गाडीमा रोक लगाउने । देशका युवा वैज्ञानिक तथा इन्जिनियरहरुलाई प्रोत्सान गर्ने र उनीहरुसंग समन्वय गरी आत्मनिर्भरतिर अग्रसर हुने । आजसम्म देश उपभोगमुखी मात्र भएको छ अब उत्पाउन मुखी हुने । देशमा व्यापक रोजगारीको सृजना गर्ने र बन्द भएको उद्योग तथा नयाँ उद्योगको स्थापनाको लागि तयारी गर्ने । नेपालमा पैसाको अभाव होइन, सोचको अभाव हो त्यसको विकास गर्नको लागि प्रयत्न गर्ने ।

३) वैदेशिक रोजगारमा यो महाविपत्तिले जोखिम ल्याएको छ । नेपालका धेरै नेपाली युवा जनशक्ति विदेशिएका छन् र हालको स्थितिमा उनीहरुको स्वास्थस्थितिमा जोखिममा रहेको सन्दर्भलाई महसुस गरी नेपालमा नै यी युवाहरुको रोजगारी सृजना गर्ने गरी सहकारी, बैंक, दातृनिकाय तथा निजी संस्थानसंग रोजगारी तथा उत्पादनमुलक सेवाको विकास गर्ने ।

४) सकारात्मक राखौं न भनि हाल फेसबुकमा धेरै नै भाइरल बनिरहेको छ।

राहत नदिए – सरकार खोइ ?
राहत दिए – नाटक भयो ।

(यसको अर्थ नदिने भनेको हो र ? विवेक पु¥याएर गर्नुप¥यो भनेको हो । के आफ्ना पार्टी, धर्म वर्ण भेषको आधारमा होइन विवेकी बनी दिनुपर्यो भनेको हो ।)

हिड्न दिए – लकडाउन खोइ ?
लकडाउन गरे – घर जान देउ ।

(ए बाबा लक डाउनको अर्थ आफ्नो घरमा बस्ने हो । घर नै नभएकालाई पहिला घरमा पु¥याउ भनेको हो । यत्ति गर्नका लागि सरकार नसक्ने छ र ? एउटा जहाज किन्दा ६०० करोड खान सक्ने जाबो १०००–२००० गाडी रिजर्भ गरेर पठाउन नसक्ने भनेको हो ।)

कडाई नगरे – कडाई खोइ ?
कडाई गरे – मानबता भएन ।

(मानवीय संवेदनालाई बुझी कडा गर्नुपर्यो भनेको हो । हजुर जस्तो विवेकीले यस्तो भन्न मिल्छ हजुर ? गर्भवतीलाई अस्पताल गएका, बिरामीलाई औषधि किन्न गएका, ग्यास किन्न गएकालाई पिट भनेको होइन ।)

सीमा छेक–आउन दिएको खोइ ?
आउन दिए – नियन्त्रण भएन ।

(आएकाको परीक्षण गरी होम क्वारेन्टाइनमा जाने व्यवस्था मिलाउ भनेको हो हजुर ।)

बिरामी नभए –जाँचेको खोइ ?
जाँच गरे – लापर्बाही भयो ।

(सर्बसुलब रुपमा स्वास्थकर्मी, सुरक्षा निकायहरुको पनि ध्यान दिइर छिटो भन्दा छिटो जाँच गर्नुप¥यो भनेको हो प्रभु ।)

परदेशिएका – लेराएको खोइ ?
लेराउन लागे – साबधानी भएन ।
व्यवस्थापन गर्न – क्वारेन्टाइन खोइ ?
क्वारेन्टिनमा राखे – अपराधी हौं र !
केही नबोले – बोलेको खोइ ?
बोल्यो भने – जिम्मेवारी छैन ।
काम छैन – छुट देको खोइ ?
छुट दिउ – ढुकुटी सिध्यायो ।

यो सबै कुरा ठिकै होला । एकपल्ट हामी सबैले सोचौं त यो बेला पनि विवेक प्रयोग नगर्ने किन यस्तो ? यो सकारात्मक र नकारात्मक भन्ने बेला होइन, विवेक प्रयोग गर्ने बेला हो । सरकार विवेकी बन भनेको हो । सामान्य कुरामा पनि पक्ष र विपक्षका कुरा गर्ने । यो बेला सरकारको पक्षबाट पनि धेरै गल्ति भएको छ । याद रहोस् जो संकटको बेला विवेकी र मर्यादित, अनुशासित हुन्छ, त्यही सफल हुन्छ । त्यसैले सरकारलाई सफल बानाउन यी सुझाव आएका हुन । सरकारको ध्यान जान जरुरी छ ।

५) सरकार यो सफल हुने बेला हो । केही सोचौं विवेकी बनौं । नेपालले नयाँ रुप लिने बेला भएको छ । यी माथिका विवादमा नेपाल सरकार गम्भिर भएर सजकताको सेवा तथा देश विकासमा लाग्ने बेला भएको छ । यो संकटलाई चिरी विवेकी बनी देश समृद्धितर्फ लाग्न बेर लाग्दैन । जय मानवसेवा ।

लेखक मानवसेवा आश्रम गण्डकी प्रदेशका संयोजक हुन्

You might also like

Comments are closed.